ह्वामामा आयोजित पढाई मेला सम्पन्न

मालश्री खबर
मालश्री खबर ३२ जेष्ठ २०८०, बिहीबार
2 Min Read
Aa

उमा बस्नेत
रेडियो मालश्री, जेठ ३२ गते

रोल्पा नगरपालिका वडा नम्बर ९ ह्वामले आयोजना गरेको पढाई मेला सम्पन्न भएको छ । मेला जेठ ३० गते देखि २ दिन सम्म सञ्चालन भएको थियो ।

वडा कार्यालयले आफ्नो वडा भित्र रहेका १० वटा विद्यालयका सम्पुर्ण विद्यार्थीलाई समाबेश गरेर मेला आयोजना गरेको बताएको छ । स्थानिय स्रोत साधनबाट विद्यार्थीले बनाएका सामाग्री प्रदर्शन गरी विद्यार्थीको कला क्षमतालाई सम्मान गर्नको लागि पढाई मेला सञ्चालन गरीएको वडा कार्यालयले जनाएको छ । वडा भित्रका विद्यालयका विद्यार्थीहरुले आफ्नो पाठ्यक्रम भित्रका विभिन्न गतिविधिलाई समाबेश गरेर सामग्री प्रदर्शन गरेका थिए ।

उक्त पढाई मेलामा आफ्नो कला र क्षमता प्रदर्शन गरी पधेरा प्रा.वि. गर्पा पहिलो भएको छ । बसुनधरा आधारभूत विद्यालय हाङवाङले दोस्रो स्थान लिन सफल भएको छ । त्यस्तै बराह प्रा.वि. कर्तम तेस्रो र जनता प्रावि शैवाङ सान्तवना भएको छ । पढाई मेला सँगसँगै वडा कार्यालयले २०७९ सालको नतिजामा सर्वोत्कृष्ट अंक प्राप्त गर्ने कक्षा ५ र ८ का ८ जना विद्यार्थीहरुलाई पुरस्कृत समेत गरेको छ ।

वडा भित्रका सम्पुर्ण विद्यालय मध्ये उत्कृष्ट सिकाई उपलब्धि भएको विद्यालयको रुपमा बालविकास प्राथमिक विद्यालय कुवा पालतलाई प्रमाणपत्रले सम्मानित गरीएको छ । सोही अवसरमा १६ जना विषय शिक्षकलाई पनि प्रमाण पत्र र नगद सहित सम्मान गरीएको छ । उक्त कार्यक्रम रोल्पा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष मिमबहादुर घर्तिको अध्यक्षतामा नेपाल राष्ट्रिय आधारभूत विद्यालय ह्वामामा सञ्चालन भएको थियो ।

पढाई मेला कार्यक्रममा वडा कार्यालय भित्रका सबै विद्यालयका शिक्षक, विद्यार्थी, अविभावक लगाएतको उपस्थिती रहको नेपाल राष्ट्रिय आधारभूत विद्यालयका प्रध्यानाध्यापक नरसिङ पुन मगरले रेडियो मालश्रीलाई जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्