रुन्टीगढी गाउँपालिका वडा न १ को नवनिर्मित भवन अध्यक्ष जनक पुन द्वारा उद्धघाटन

मालश्री खबर
मालश्री खबर ३२ जेष्ठ २०८०, बिहीबार
2 Min Read
Aa

कमल खड्का

मालश्री खबर, जेठ ३२ गते रोल्पा ।

 

रोल्पाको रुन्टीगढी गाउँपालिका वडा न १ को नव निर्मित वडा भवन उद्धघाटन गरिएको छ । रुन्टीगढी गाउँपालिका वडा न १ को लिवाङ्गी आपमा निर्माण गरिएको भवनको गाउँपलिका अध्यक्ष जनक पुन द्वारा उद्धघाटन गरिएको हो ।

नेकपा माओबादी केन्द्रबाट निर्वाचित निर्वतमान वडा अध्यक्ष मिन बहादुर थापाको कार्यकालमा शिलिन्यास गरि निर्माण कार्य सुरु गरेको भवन नेपाली काङगे्रसबाट निर्वाचित बर्तमान अध्यक्ष थम बहादुर घर्तीको कार्यकालमा सम्पुर्ण निर्माण कार्य सम्पन्न भएको हो । पहिले भवन नहुदा भाडाको कोठामा संचालन हुदै आएको वडा कार्यालय अहिले आफ्नै कार्यालय बाट सेवा दिने भएको छ ।

भवन निर्माणका लागि स्थानिय दल बहादुर रावतले २ रोपनी राम्रो उत्पादन हुने खेत निशुल्क दान गर्नु भएको हो । उहाले दान गरेको जग्गामा वडा न १ मा वडा कार्यालयको भवन निर्माण गरिएको छ । उक्त वडा कार्यालय निर्माण को लागि जग्गा दान गर्ने ब्यतिलाई वडा नम्बर १ ले सम्मान्नको लागि दोसल्ला, सम्मान्न पत्र र कप दिएरको छ । सम्मान्न पत्र वितरण गाउँपालिका अध्यक्ष जनक पुन द्वारा हस्तान्त्रण गरिएको थियो ।

रुन्टीगढी गाउँपालिका वडा न १ का सदस्य वुद्धिमान वलिको स्वागत मन्तव्य बाट सुरु भएको उद्धघाटन कार्यक्रमको अध्यक्षता वडा न १ का अध्यक्ष थम बहादुर घर्तीले गर्नु भएको थियो भने प्रमुख अतिथी गापा अध्यक्ष जनक पुन हूनु हून्थ्यो । वडा सचिब पदम रावतले सहजिकरण गरेको कार्यम्रममा वडाका जनप्रतिनिधि कर्मचारी राजनितिक दल, समाज सेवी आमा समुह, सहिला समुहहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्