हिमा खड्का
मालश्री खबर जेठ ३१ गते रोल्पा ।
त्रिवेणी गाउँपालिकामा महिला अधिकार तथा कानुनी सचेतना सम्बन्धी अभिमुखिकरण कार्यक्रम सुरु भएको छ ।
नवप्रवर्तन साझेदारी कोष अन्तर्गत मुख्यमन्त्री तथा मन्त्रीमरिषद्को कार्यालय प्रदेश तथा स्थानिय शासन सहयोग कार्यक्रम (एीन्क्ए)लुम्बिनी प्रदेश र त्रिवेणी गाउँपालिका रोल्पाको साझेदारीमा सञ्चालित अबका महिला उम्दा महिला परियोजना अन्र्तगत कार्यक्रम सञ्चालन भइरहेको छ ।
महिलाहरु लाई आफ्नो अधिकार सम्बन्धी र कानुनी सम्बन्धी सचेताना दिई महिलालाई उम्दा बनाउने उद्देश्यले सञ्चालन भएको कार्यक्रम २ दिन सम्म आज र भोली हुनेछ ।
महिलाले आफ्नो अधिकार के हो ? घर, समाज जहासुकै आफ्नो अधिकार के हो ? अधिकार कसरी माग्ने ? अधिकार माग्दा कानुनी प्रकृया कस्तो हुन्छ ? अधिकार माग्दा नपाएका कानुनको बाटो कस्तो अपनाउन सकिन्छ, भन्ने बिषयमा २ दिन सम्म अभिमुखिकरण कार्यक्रम केन्द्रित हुने त्रिवेणी गाउँपालिकाका प्रेस संयोजक अमृत वलीले जनाकारी दिनुभएको छ ।
महिला अधिकार तथा कानुनी सचेतना अभिमुखिकरण कार्यक्रमको उद्धघाटन कार्यक्रमको त्रिवेणी गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर बाठाँमगर, उपाध्यक्ष लेखमणी डाँगी, वडा न. २ का वडा अध्यक्ष कविराज बुढामगर, प्रमुख प्रसासकिय अधिकृत निमबहादुर केसी, प्रशासन प्रमुख प्रेम प्रकाश पुनको आतिथ्यता रहेको थियो ।
२ दिन सम्म सञ्चलन हुने कार्यक्रमको प्रशिक्षण रुडास नेपालका कार्यकारी निर्देशक शोभाराम डाँगीले गरिरहनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्