रुन्टीगढी गाउँपालिकामा माटो परिक्षण हुदै

मालश्री खबर
मालश्री खबर २९ जेष्ठ २०८०, सोमबार
2 Min Read
Aa

कमल खड्का
मालश्री खबर जेठ २९ गते,रोल्पा ।

रोल्पाको रुन्टीगढी गाउँपालिकाको कृषि शाखाले माटो परिक्षण कार्यक्रम गरिरहेको छ ।
आईतबार कृषि शाखामा १ देखि ७ वटा वडाको माटो परिक्षण एकै ठाउँबाट गरिएको हो । जसमा वडा न ४ बाट भने एउटा पनि माटो परिक्षणको नमुना आउन सकेको छैन ।

माटो परिक्षण गरी बिग्रीएको माटोलाई कसरी सुधारमा ल्याउन सकिन्छ, कुन माटोमा कस्तो बाली लगाउदा उचित आयआर्जन बृद्धि हुन्छ र माटोमा के के राखेर माटो सुधार गरी कृषकले उत्पादन बृद्धि गर्न सक्छन, भन्ने उदेश्यका साथ माटो परिक्षण गर्न लागिएको कृषि प्रमुख हिमा पुनले बताउननु भयो ।

माटो परिक्षण गर्नको लागि कुनै एक वडामा ५० वा सो भन्दा बडी माटो नमुना संकलन भए पछि सजिलै माटो परिक्षण गर्न सकिने उहाले बताउँनु भयो । कम नमुना भए पनि परिक्षण गर्न सकिने तर परिक्षण किड ५० नमुना को लागि तयार पारिएको हुदा परिक्षण थोरै थारैमा गर्दा बढी खर्चिलो हुने हुदा सबैको एकै ठाउँमा गर्न लागिएको उहाको भनाई छ ।

वडा १ देखि ७ सम्म जम्मा ८१ वटा माटोको नमुना संकलन भएको थियो । आज सोमबार वडा नं ९ मा परिक्षण हुदैछ । जहाँ ५० भन्दा माथि माटोको नमुना संकलन भएको छ । भने वडा नं ८ मा भोलि माटो परिक्षण हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्