हाप्किडो संघको प्रशिक्षक तथा सल्लाहकार छनोट कार्यक्रम होलेरिमा सम्पन्न

मालश्री खबर
मालश्री खबर २८ जेष्ठ २०८०, आईतवार
2 Min Read
Aa

 

सुरेन्द्र वली
मालश्री खबर जेठ २८ गते,रोल्पा।

रोल्पा मार्सल आर्ट्स हाप्किडो संघको प्रशिक्षक तथा सल्लाहकार छनोट कार्यक्रम रुन्टिगढी गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ। कार्यक्रमको सञ्लन रोल्पा मार्सल आर्ट्स हाप्किडो संघका सदस्य निर्मला बुढा मगरले गर्नु भएको थियो। कार्यक्रमको स्वागत मन्तव्य रोल्पा मार्सल आर्ट्स हाप्किडो संघका सचिव सुरेन्द्र वलीले राख्नु भएको थियो । कार्यक्रमको सह अध्यक्ष ग्रहण रोल्पा मार्सल आर्ट्स हाप्किडो संघका अध्यक्ष बिकास बाठा मगर रहनु भएको थियो । कार्यक्रमको प्रमुख अतिथि रुन्टिगढी गाउँपालिका अध्यक्ष जनक पुन मगर रहनु भएको थियो ।

कार्यक्रमको बिशिस्ट अतिथी रुन्टिगढी गाउँपालिका उपाध्यक्ष सरिता केसि रहनु भएको थियो । अन्य अतिथिहरु रुन्टिगढी गाउँपालिका २ का वडा अध्यक्ष भिउलाल पुन, रुन्टिगढी गाउँपालिका ९ का वडा अध्यक्ष चेतलाल पुन, रुन्टिगढी गाउँपालिका ७ का नेपाली काङ्ग्रेसका पुर्ब सभापती देबेन्द्र बोहोरा, रुन्टिगढी गाउँपालिका लेखापाल गोपाल पोखरेल लगएयत प्रशिक्षक खेलाडी, सुरक्षाकर्मी, पत्रकार लगायत उपस्थिति रहेको थियो ।

 

रोल्पा मार्सल आर्ट्स हाप्किडो संघको प्रमुख प्रशिक्षक सिर्जना बुढा मगर र प्रशिक्षकमा भिमसेन घर्ती मगर, निशा पुन मगर, नबिना घर्ती, महेन्द्र बुढा, अनुस्का पुन र उमेश कार्की प्रशिक्षकमा नियुक्त गरिएको हो । रोल्पा मार्सल आर्ट्स हाप्किडो संघको सल्लाहकारमा एलिया परियार नियुक्त हुनुभयको छ। रोल्पा मार्सल आर्ट्स हाप्किडो संघको प्रशिक्षक तथा सल्लाहकार छनोट कार्यक्रममा रुन्टिगढी गाउँपालिका, रुन्टिगढी गाउँपालिका सबै वडा र सात वडा दोजाङ रहेका बिधालयलाई सम्मान पत्र समेत वितरण गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्