जलजलामा फोहोर व्यवस्थापन र सरसफाइ कार्यक्रम हुँदै

मालश्री खबर
मालश्री खबर २८ जेष्ठ २०८०, आईतवार
1 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर
मालश्री खबर जेठ २८ गते रोल्पा ।

रोल्पाको धार्मिक तथा पर्यटकीय स्थल जलजला क्षेत्रमा पहिलो पटक फोहोर व्यवस्थापन तथा सरसफाइ कार्यक्रम हुने भएको छ । एकदिने सरसफाइ कार्यक्रम जेलबाङ निवासी पर्यटन अभियान्ता बालकुराम पुनको नेतृत्वमा हुन लागेको हो ।

उनका अनुसार सरसफाइ कार्यक्रम यही जेठ २९ गते सोमबार बिहान १० बजेदेखि सुरु हुने बताइएको छ । “रोल्पा जिल्ला स्थित चर्चित पर्यटकीय स्थल फोहोर व्यवस्थापनकै लागि पनि सरकारको मुख ताकेर बस्नु हुँदैन “अभियान्ता बालकुरामले भने।

“पर्यटकको आगमन बढे पनि यहाँको फोहोर प्रति कसैले ध्यान नदिएको र चासो पनि नभएको उनीले चिन्ता व्यक्त गर्दै, फोहोर व्यवस्थापन गर्नु तपाईं हामी सबैको दायित्व हो । उनको भनाइ रहेको छ । यहीँ चासो लिएर अभियान्ता बालकुरामले प्राकृति तथा पर्यावरण प्रेमीहरुलाई सरसफाइ कार्यक्रममा उपस्थित हुन आग्रह समेत गर्नुभएको छ ।

त्यस्तै थबाङ गाउँपालिका, सुनछहरी गाउँपालिका, रोल्पा नगरपालिका, परिवर्तन गाउँपालिका, विभिन्न गैर सरकारी संघ संस्था, राजनीतिक दल, पत्रकार, विद्यालयहरु र कर्मचारीहरु लगायत सबैलाई उपस्थित भइदिन अपिल गर्नु भएको छ । साथै इच्छुक महानुभावहरुले आफैं उपस्थित भएर उक्त अभियानलाई सफल पार्न उनले आग्रह समेत गरेका छन ।

प्रतिक्रिया दिनुहोस्