मालश्री खबर, जेठ २५ गते रोल्पा ।
रोल्पामा राष्ट्रिय परिचयपत्र वितरण कार्य शुभारम्भ भएको छ । बिहिबार जिल्ला प्रशासन कार्यालय रोल्पामा सेवा ग्राहिलाई राष्ट्रिय परिचयपत्र प्रदान गरेर प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले वितरण कार्य शुभारम्भ गर्नु भएको छ । प्रमुख जिल्ला अधिकारी घिमिरेले ८३ बर्षिय सेवाग्राहीलाई दृर्गा बहादुर केसीलाई राष्ट्रिय परिचयपत्र हस्तान्तरण गरी शुभारम्भ गर्नु भएको हो । २०७७ साल श्रावन ४ गते देखि जिल्ला प्रसासन कार्यालय रोल्पामा राष्ट्रिय परिचयपत्रको फारम भर्ने व्यबस्थाको शुरु गरिएको थियो ।
अहिले पहिलो चरणमा २३ सय राष्ट्रिय परिचयपत्र छपाई भएर आएको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे बताउनु भएको छ । हाल सम्म जिल्ला प्रसासन कार्यालय रोल्पा बाट २४ हजार व्यतिmले राष्ट्रिय परिचय पत्र बनाउनको लागी फारम भरेको जिल्ला प्रसासन कार्यालय रोल्पाले बताएको छ । अहिले राष्ट्रिय परिचय पत्र बनाउनको लागी फारम भर्ने कार्य स्थानिय तह बाट सुरु गरिएको समेत प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जानकारी दिनु भएको छ । हाल सम्म जिल्लाको दश वटा पालिका मध्य रोल्पा नगरपालिका र थवाङ गाँउपालिकाका सबै वडा अभियान सम्पन्न भएको बताइएको छ ।
परिबर्तन गाँउपालिका, माडी गाँउपालिका, र सुनछहरी गाँउपालिकामा अभियान चलिराखेको छ । तत्काल गंगादेब र लुङ्गी गाँउपालिकाको सबै वडा बाट अभियानको सुरु गरिने समेत प्रमुख जिल्ला अधिकारी घिमिरले जानकारी दिनु भएको छ । बाकि रुन्टिगढी, सुनिलस्मृती र त्रिबेणी गाँउपालिकामा पनि अभियान सञ्चालन हुने जिल्ला प्रसासन कार्यालय रोल्पाले जानकारी दिएको छ । असार मसान्त भित्र जिल्लाको सबै पालिकामा राष्ट्रिय परिचयपत्र अभियान सम्पन्न गर्ने आफुहरुको लक्ष्य रहेको प्रजिअ घिमिरेले बताउनु भएको छ ।
अभियानमा राष्ट्रिय परिचयपत्र बनाउनको लागी फारम भर्न छुटेकाहरुले जिल्ला प्रसासन कार्यालय रोल्पामा आएर फारम भर्नु पर्ने व्यस्था रहेको छ । अब केही समयपछि कुनै पनि काम गर्दा राष्ट्रिय परिचय–पत्र अनिवार्य चाहिने नियम आउने भएकाले अभियानमा छुटेका र यो सेवाबाट बाहिर भएका नागरिकले सम्बन्धित कार्यालयमा सम्पर्क राख्न समेत प्रजिअ घिमिरेले सबैलाई आग्रह गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्