Ad image

पुतलाचौरमा बृहत लोक सांस्कृतिक मेला भोलि देखि सुरु

मालश्री खबर
मालश्री खबर १९ जेष्ठ २०८०, शुक्रबार
1 Min Read
Aa

 

मालश्री खबर जेठ १९ गते, रोल्पा ।

 

परिवर्तन गाउँपालिकाको पुतलाचौरमा बृहत लोक सांस्कृतिक मेला भोलि देखि सुरु हुने भएको छ । गाउँपालिकामा क्रियाशील लोपोन्मुख सांस्कृतिक संरक्षण प्रतिष्ठानले लोक सांस्कृतिक मेला गर्ने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष लालबहादु घर्तीमगरले जानकारी दिनुभयो ।

- Advertisement -
Ad image

 

प्रतिष्ठानले भोली २० गते शनिबार परिवर्तन गाउँपालिकाभरिका ६ वटै वडाबाट पाँचपाँचवटा झाँकीको प्रदर्शन गरिने र ती झाँकीहरुलाई पुरस्कृत गरिने जनाएको छ । त्यस्तै कार्यक्रममा साइँला बरै लोकगीत गायन प्रतियोगिता पनि आयोजना गर्ने भएको छ । जसमा एक वडाबाट कम्तिमा १ टिम सहभागी हुनुपर्ने र प्रतिष्पर्धाबाट उत्कृष्ट हुने पहिलोले ५ हजार, दोस्रोले ३ हजार र तेस्रोले २ हजार पुरस्कार पाउने प्रतिष्ठानका उपाध्यक्ष झन्कार बुढामगरले जानकारी दिनुभयो ।

आयोजकका अनुसार पहिलो दिन पुतलाचौर खेलकुद मैदानमा उद्घाटनका साथै साइँला बरै लोकगीत प्रतियोगिता तथा दिनभर झाँकी प्रर्दशनी हुनेछन् । दोस्रो दिन लोक संस्कृति, लोककथा, लोपोन्मुख संस्कार संस्कृतिका बारेमा विभिन्न विज्ञ व्यक्तिहरुको बहसका सेसनहरु सञ्चालन हुने बताइएको छ । स्थानीय लोपोन्मुख अवस्थामा रहेका विभिन्न लोक जनजीवन तथा लोक संस्कृतिको जगेर्नाका लागि मेलाको आयोजना गरिएको प्रतिष्ठानका सचिव नवीन लोचनमगरले जानकारी दिनुभयो । आयोजकका अनुसार उक्त मेलामा गाउँपालिकाभरिका झाँक्रीहरुको भेला गर्नुका साथै लोपोन्मुख विभिन्न चिजबस्तुको नमुना प्रदर्शनी समेत गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्