Ad image

रोल्पाको कुन पालिकामा कति बजेट आयो

मालश्री खबर
मालश्री खबर १७ जेष्ठ २०८०, बुधबार
1 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर / मालश्री खबर जेठ १७गते, रोल्पा ।
रोल्पाका स्थानीय तहमा बित्तीय हस्तान्तरण गरिएको छ । सरकारले आगामी आर्थिक बर्ष २०८०/०८१ का लागि लुम्बिनी प्रदेश १२ जिल्लाका १०९ स्थानीय तहका लागि समानिकरण, सशर्त, विशेष र समपूरक शिर्षका बित्तीय हस्तान्तरण गरिएको हो । सरकारले सोमबार सार्वजनिक गरिएको बजेट विनियोजनमा रोल्पाका १० स्थानीय तहका लागि बित्तीय हस्तान्तरण गरिएको छ ।

जसमा रोल्पा नगरपालिकामा ४० करोड २८ लाख,सुनिलस्मृती गाउँपालिकामा ३५ करोड ६३ लाख,रुन्टिगढी गाउँपालिकामा ३५ करोड १० लाख,त्रिवेणी गाउँपालिकामा ३४ करोड ४९ लाख,गंगादेव गाउँपालिकामा ३० करोड ३८ लाख,परिवर्तन गाउँपालिकामा ३० करोड २७ लाख,लुङ्ग्री गाउँपालिकामा २७ करोड ८२ लाख,माडी गाउँपालिकामा २५ करोड ६१ लाख,सुनछहरी गाउँपालिकामा २४ करोड ७१ लाख र थबाङ गाउँपालिकामा २२ करोड ५९ लाख रहेको छ ।

 

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्