Ad image

१४ किलोमीटर सडक निर्माण कार्यको उद्घाटन

मालश्री खबर
मालश्री खबर १५ जेष्ठ २०८०, सोमबार
2 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर/ मालश्री खबर जेठ १५ गते, रोल्पा ।
शहिदमार्ग अन्तर्गत पर्ने परिवर्तन गाउँपालिका वडा न. ६ इरिबाङको चप्का देखि परिवर्तन गाउँपालिका वडा न. १ कुरेलीको सिनबाङ थबाङ गाउँपालिकाको सिमाना सम्म पर्ने सडक निर्माणको कार्यको उद्घाटन गरिएको छ।करिब १४ किलोमिटर सडक निर्माण कार्यको सोमबारका दिन संघीय गणतन्त्र दिवसको अवसर पारेर उद्घाटन गरिएको हाे।


संघीय सरकारको लगानीमा सडकलाई स्तरउन्नति र पिच गर्ने सम्झौता भइ ठेक्का प्रक्रियाबाट अगाडि निर्माण कार्य अगाडि बढेको परिवर्तन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम जि.एमले जानकारी दिनु भएको छ।परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरले निर्माण कार्य सडकको रिबन काँटेर उद्घाटन गर्दै सम्झौतामा मितिमै काम सम्पन्न हुनेमा आफू बिश्वस्त भएको र परिवर्तन गाउँपालिका–६ इरिबाङको दुईखोली देखि बागमारा हुँदै चुन्बाङ र रुकुमकोट सम्मको सडक निर्माण कार्य यसै बर्षबाट करिब ९ किलोमिटर सडक निर्माण कार्य अगाडि बढिसकेको र आज देखि परिवर्तन गाउँपालिका वडा न. ६ इरिबाङको चप्काँ देखि परिवर्तन गाउँपालिका वडा न. १ कुरेलीको सिनबाङ सम्म थबाङ गाउँपालिकाको सिमाना सम्मको लागि करिब १४ किलोमीटर सडक निमार्ण कार्य आज देखि सुरु भएको बताउनुभयो ।

यसरी दुबै मार्गको सडक स्तरउन्नति र पिच भएपछि साच्चिकै परिवर्तन गाउँपालिकाको नाम भए जस्तै परिवर्तनको महशुस गर्न पाउने समेत बताउनु भयो । सडक निर्माण कार्य उद्घाटनमा परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगर, परिवर्तन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम जि.एम, परिवर्तन गाउँपालिका वडा न. १ अध्यक्ष मैते बुढा मगर, परिवर्तन गाउँपालिका वडा न. ५ का वडा अध्यक्ष दिल बहादुर वली, परिवर्तन गाउँपालिका वडा न. ६ का वडा अध्यक्ष भरत कुमार बुढा मगर, परिवर्तन गाउँपालिका वडा न.१ का पूर्व वडा अध्यक्ष बम बहादुर पुन, नेपाली कांग्रेस रोल्पाका पुर्ब जिल्ला सचीव झक्कु प्रसाद घर्तीमगर र ईलाका प्रहरी कार्यालय ओबाङका इन्चार्ज ओमभक्त केसी लगायत अन्य जनप्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि र निर्माण व्यावसायीको सहभागी रहेको थियो ।

 

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array