Ad image

नेबिसंघ प्राकृतिक स्रोत व्यवस्थापन कलेज माडीचौर रोल्पाको प्रथम अधिबेसन सम्पन्न

मालश्री खबर
मालश्री खबर १५ जेष्ठ २०८०, सोमबार
4 Min Read
Aa

मालश्री खबर जेठ १५ गते, रोल्पा ।
नेपाल बिद्यार्थि संघ प्राकृतिक स्रोत व्यवस्थापन कलेज रोल्पा नगरपालिका वडा न. ७ माडीचौर रोल्पाको प्रथम अधिबेसन तथा नर्ब आगन्तुक बिद्यार्थिहरुलाई स्वागत कार्यक्रम सम्पन्न भएको छ । गणतन्त्र दिवसको अवसर पारेर अधिबेसन गरेको नेपाल बिद्यार्थि संघ प्राकृतिक स्रोत व्यवस्थापन कलेज रोल्पा नगरपालिका वडा न. ७ माडीचौर रोल्पाले जानकारी दिएको छ । नेपाली कांग्रेस रोल्पाका पार्टी सभापति किशोर कुमार आचार्यको प्रमुख आतिथ्यता र नेपाली कांग्रेस रोल्पाका पुर्ब पार्टी सभापति दोय कृष्ण बहादुर घर्तिमगर र माधब प्रसाद आचार्यको बिशिष्ट आतिथ्यतामा अधिबेसन गरेको आयोजकले बताएको छ ।


नेपाल बिद्यार्थि संघ प्राकृतिक स्रोत व्यवस्थापन कलेज रोल्पा नगरपालिका वडा न. ७ माडीचौरका नेता खेमराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस रोल्पाका पुर्ब पाटी सचिव, पुर्ब महासमिती सदस्य एंव नेपाल बिद्यार्थि संघ रोल्पा सस्थापक सभापति ज्ञान बहादुर वली, नेपाली कांग्रेस रोल्पाका पाटी सचिव शेर बहादुर थापा, रोल्पा उद्योग बाणिज्य संघ रोल्पाका निबर्तमान अध्यक्ष एंव नेपाली कांग्रेस रोल्पाका युवा नेता बिश्वकुमार चन्द, नेपाल प्रेस युनियन रोल्पाका अध्यक्ष लोकेन्द्र चन्द, नेपाली कांग्रेस रोल्पाका निबर्तमान कोषाध्यष खटक बहादुर खत्री, नेपाल सास्कृतीक संघ रोल्पाका अध्यक्ष सागरबाबु पुन, नेपाल बिद्यार्थि संघ रोल्पाका अध्यक्ष योगेन्द्र अनुपम जिसी, कास्की पोखराका नेपाल बिद्यार्थि संघका नेता सुजन सापकोटा लगाएतले शुभकामना मनतव्य राख्नु भएको थियो ।

प्राकृतिक स्रोत व्यवस्थापन कलेज रोल्पा नगरपालिका वडा न. ७ माडीचौर रोल्पाका नेपाल बिद्यार्थि संघका नेता सौरव पन्थीको स्वागत मनतव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन प्राकृतिक स्रोत व्यवस्थापन कलेज रोल्पा नगरपालिका वडा न. ७ माडीचौर रोल्पाका नेपाल बिद्यार्थि संघका नेता शिव ढुङ्गानाले गर्नु भएको थियो । कार्यक्रममा बोल्ने कार्यक्रमका प्रमुख अतिथि, बिशिष्ट अतिथि र अन्य अतिथि लगाएतका अधिकांस बत्ताहरुले नेपाल बिद्यार्थि संघका आबद्ध हरेका बिद्यार्थि पढाई देखि हरेक क्षेत्रका अब्बल हुनु पर्नेमा जोड दिएका थिए ।

यो उमेर भनेको जवानिको रातो रगत उम्लेर आउने समेय भएको हुनाले जोसमा होस गुमाएर हाईन सम्यमित भएर काम गर्नु पर्ने सुझाब दिएको थिए । कलेजमा पढ्न आउने अधिकांस बिद्यार्थिहरु जिल्ला बाहिर बाट आउने र रोल्पाको भूगोल सँग नँया भएको हुनाले कुनै पनि काम गर्दा नआत्तिएर गर्न र बस्न सुझाब दिएका थिए । नेपाल बिद्यार्थि संघमा आबद्ध भएकै कारण कोहि कसैले अनावश्य दुःख दिएमा तत्काल पार्टीलाई खबर गर्न समेत आग्रह गरेका छन् ।

- Advertisement -
Ad image


अधिबेसन बाट मातृका नेपालको नेतृत्वमा १७ सदस्य नेपाल बिद्यार्थि संघ प्राकृतिक स्रोत व्यवस्थापन कलेज इकाई समिती गठन गरिएको नेपाल बिद्यार्थि संघ रोल्पाका जिल्ला अध्यक्ष योगेन्द्र अनुपम जिसीले जानकारी दिनु भएको छ । जसको उपसभापतिमा सन्देश गिरी, आरती पाण्डे, सचिव निकल गौतम, सह–सचिव दिपिका न्यौपाने र शिव ढुङ्गाना, कोषाध्यक्ष, श्रृष्टि अधिकारी र प्रतिक पाण्डे र सदस्यहरुमा, दिपक उपाध्याय, शुभेक्षा बराल, बबिता देवको, युनिसा गौतम, अनुरञ्जन काफ्ले, संगम भुर्तेल, समिक्षा कंडेल, आयुस पाण्डे, सुस्मिता लामिछाने र मिना आचार्य सर्बसहमत चएन भएको बताइएको छ ।

कृषि बिद्यार्थि सम्पर्क मञ्जको सभापति हरि कृष्ण रावत, उपसभापतिमा ममता गुरुङ र प्रतिक पाण्डे, सचिवः– गंगा बोहोरा, सह–सचिवमा गरिमा पौडेल र बिराज पौडेल, कोषाध्यक्ष अनुसा बुढाथोकी रहनु भएको छ । जसको सदस्यमा अनुराधा पराजुलि, भरत भण्डारी, रोहन शाही, विमला आचार्य, आदर्श गुप्ता, सुप्रिया इटानि, कल्पना बुढा मगर, निष्ठा बुढाथोकी र उषा तिवारी सर्बसहमत भएन भएको आयोजकले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array