Ad image

रोल्पामा जिप दुर्घटनामा एककोे मृत्यु, एकजना गभ्भीर घाइते

मालश्री खबर
मालश्री खबर १५ जेष्ठ २०८०, सोमबार
2 Min Read
Aa

उमा बस्नेत
मालश्री खबर जेठ १५ गते, रोल्पा ।

रोल्पामा जिप दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । परिवर्तन गाउँपालिका २ राङसीकी वर्ष ५८ कि खबु डाँगीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । डाँगीको उपचारको क्रममा प्राथमिक स्वास्थ्य चौकी होलेरीमा मृत्यु भएको हो ।

 

परिवर्तन गाउँपालिका २ राङसी बाट घोरीहीका लागि छुटेको लु १ ज ३०२५ नम्बरको भाडको जिप सहीदमार्ग खण्डको त्रिवेणी गाउँपालिका २ भाङगोबारीमा दिउँसो ३ बजेर ४५ मिनेट जादा दुर्घटनामा परेको हो ।

- Advertisement -
Ad image

दुर्घटनामा परी परिवर्तन गाउँपालिका २ राङसीका बर्ष १८ का भुपेन्द्र बहादुर वली गभ्भीर घाईते भएका छन् । उनलाई उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घाराही दाङ लगिएको प्रहरीले जानकारी दिएको छ । वलीको टाउको, कम्मर र दुवै खुट्टामा चोट लागेको छ । उनको अवस्था गम्भीर रहको बताईएको छ ।

जिपमा सवार यात्रुको संख्या १४ जना रहेको प्रहरीले जनाएको छ । रोल्पा जिल्ला माडी गाउँपालिका २ बस्ने वर्ष ४१ का चालक सिंहराम नेपाली प्रहरीको नियन्त्रणमा छन् । जिपमा सवार अन्य सबै सकुशल रहेको जिल्ला प्रहरी कार्यलय रोल्पाले जानकारी दिएको छ ।

 

तेल सकिए पछि तेल हाली ओट राखी जिप स्टार्ट गरेको र यात्रु चढाउने क्रममा ओट नाघी ब्याक हुँदा यात्रुहरु हतासिएर हाम फाल्ने क्रममा सोहि गाडिमा च्यापिन गई घाईते भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटना बारे प्रहरीले थप अनुसन्धार गरीरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array