अमृत वली
मालश्री खबर जेठ १५ गते, रोल्पा ।
त्रिवेणी गाउँपालिकामा ६ महिने एड्भान्स सिलाइ कटाई तालिम तथा व्यवसाय सञ्चालन सम्बन्धि सहयोग कार्यक्रमको एक कार्यक्रमका बिच समापन गरिएको छ । त्रिवेणी गाउँपालिका भित्र रहेको सातै वडाका महिलाहरुलाई सक्षम (उम्दा) बनाउने उद्देश्यले संचालित नवप्रवर्तन साझेदारी कोष अन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम– PLGSP), लुम्बिनी प्रदेश र त्रिवेणी गाउँपालिका, रोल्पाको साझेदारीमा सञ्चालित लैंगिक समानता तथा सामाजिक समावेशीकरण प्रवर्द्धनका लागि सञ्चालित अबका महिलाः उम्दा महिला परियोजना अन्तर्गतको कार्यक्रमको लागि विनियोजित गरिएको बजेटबाट ६ महिने एड्भान्स सिलाइ कटाई तालिम तथा व्यवसाय सञ्चालन सम्बन्धि सहयोग कार्यक्रम सञ्चालन गरिएको हो ।
गाउँपालिकाले ६ महिने एड्भान्स सिलाइ कटाई तालिम सञ्चालन गरेपछि आफुहरु सक्षम भएको र अब आफ्नै व्यवसायिक पसल खोलेर आत्मनिर्भर बन्ने प्रशिक्षार्थीको भनाई रहेको छ । कार्यक्रममा बोल्दै त्रिवेणी गाउँपालिका उपाध्यक्ष लेखमणी डागिले यस्ता खालका स्वरोजगारमूलक ज्ञान र सीपले गांउ टोलको मात्र नभएर सिंगो राष्ट्रकै बिकास र समृद्धिमा टेवा पूग्ने बताउनुभयो । सीपको माध्यमले आयआर्जनसंगै आत्मनिर्भर र स्वरोजगार बन्न सकिने उल्लेख गर्दै उपाध्यक्ष डागिले तालिममा सिकेका सीपलाई भरपुर सदुपयोग गर्दै उद्यमशिलता तर्फ अग्रसर हुन आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा बोल्दै त्रिवेणी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत निम बहादुर केसिले तालिममा सिकेका सिपलाई सही सदुपयोग गर्दै व्यवसायिक रुपमा स्थापित भएर आत्मनिर्भर बन्न आग्रह गर्नुभएको छ । त्रिवेणी गाउँपालिका उपाध्यक्ष लेखमणी डागिको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत निम बहादुर केसि , वडा सदस्य चित्रा वली , लगाए रहनुभएको थियोे , भने कार्यक्रमको सञ्चालन फोकल पर्सन प्रेम प्रकाश पुनले गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्