गाउँपालिका अध्यक्ष बुढाथोकीद्धारा गणतन्त्र दिवसको शुभकामना

मालश्री खबर
मालश्री खबर १५ जेष्ठ २०८०, सोमबार
2 Min Read
Aa

उमा बस्नेत
मालश्री खबर जेठ १५ गते, रोल्पा ।

सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकीले १६ औँ गणतन्त्र दिवसको शुभकामना दिनु भएको छ । स्वादेश तथा विदेशमा रहनु भएका सम्पुण नेपाली दिदीबहिनी तथा दाजुभाईमा हार्दिक वधाई सहित सुख, शान्ति, समृद्धि र निरन्तर प्रगतिको कमना समेत गर्नु भएको छ । गणतन्त्र स्थापनामा योगदान पु¥याउनुहुने महान् जनयुद्ध, उैतिहासिक जनआन्दोल लगायत सबै न्यायपुर्ण आन्दोलनहरुमा साहदत प्राप्त गर्ने सम्पुण ज्ञात अज्ञात सहिदहरुप्रति बुढाथोकीले हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दै गणतन्त्र स्थापनाका लागि शहीदहरुले पु¥याएको योगदानको उच्च सम्मान पनि व्यक्त गर्नु भएको छ ।


“संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनलाई चिरस्थायी बनाउन प्रत्येक वर्ष जेष्ठ १५ लाई गणतन्त्र दिवस मनाउने गरिएको छ । देशमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने सन्दर्भमा राज्य पुनसंरचनाको महत्वपूर्ण आयाम स्थानीय तहको पुनःसंरचना थियो । जनतासँग प्रत्यक्ष जोडिएको सरकार नै स्थानीय सरकार भएकाले हामी गाउँपालिकाबासीको अधिकार र न्याय स्थापित गर्न प्रतिवद्ध छौ । जनताको आधारभूत अधिकारलाई प्रभावकारी कार्यान्वयन गर्दै संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्रको स्थापना गर्न यस दिवसले हामी सवैलाई थप उत्प्रेणा प्रदान गर्नेछ भन्ने विश्वास लिएको छु । तीनै तहको सरकार मार्फत हुने विकास निर्माण अधिकार कार्यान्वयन र न्यायका लागि नागरिकहरु थप जागरुक हुन आवश्यक छ । नागरिकहरुसँगको सहकार्य र अपनत्वले मात्रै सरकारका कामहरु सफल हुने विश्वास लिएको छु ।” अध्यक्ष बुढाथोकीद्धारा हस्ताक्षरीत शुभकामना सन्देशमा उक्त कुरा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्