Ad image

परिवर्तन गाउँपालिकाको दुईखोली देखि बागमारा सडक खण्ड आवागमन बन्द हुने

मालश्री खबर
मालश्री खबर १२ जेष्ठ २०८०, शुक्रबार
1 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर,
मालश्री खबर जेठ १२ गते, रोल्पा।

रोल्पा परिवर्तन गाउँपालिका-६ को दुईखोली देखि परिवर्तन गाउँपालिका-३ को बागमारा सम्मको सडक खण्ड बन्द हुने भएको छ।जिल्ला प्रशासन कार्यालय रोल्पाले शुक्रबार जारी गरेको सूचनामा सडक पूर्वाधार विकास कार्यालय रुकुमकोट ठेक्का नम्बर RIDO/RUK/W/Ro/NCB/28/079-80 को दुईखोली-बागमारा-चुनबाङ-रुकुमकोट सडक खण्ड रहेको छ।सोही अन्तर्गत दुईखोली देखि बागमारा सम्म सडक निर्माण भइरहेको बताइएको छ।

उक्त सडकमा सवारी साधनहरु पूर्ण रूपमा निषेध गरी कार्य गर्नुपर्ने भएकोे समेत प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेद्वारा हस्ताक्षर सूचनामा जनाइएको छ।घिमिरेका अनुसार उक्त सडक खण्डमा सवारी आवागमन बन्द हुने समेत उल्लेख गरिएको छ।जसमा जेठ १३ गतेदेखि असार १२ गतेसम्म हुने भने बिहान १० बजे देखि बेलुका ४ बजे सम्म र बेलुका ५ बजे देखि बिहान ८ बजे सम्म बन्द हुने समेत बताइएको छ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array