हिमाली खड्का
रोल्पाको गंगादेव गाउँपालिका वडा नं. ३ चामिमा निर्माण गरिएको चामि सुकिदह सहकारी संस्था लाई आलु रष्ट्रिक स्टोर भवन हस्तान्तरण तथा उद्धघाटन गरिएको हो ।
चामि सहकारी संस्थाका अध्यक्ष एकराज केसीको अध्यक्षतामा विहिबार सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथिमा गंगादेव गाउँपालिकाका अध्यक्ष हरिबहादुर पुन रहनु भएको थियो भने विशिष्ट अतिथिमा अदुवा बाली अनुसन्धान कार्यक्रम कपुरकोट सल्यानका कार्यलय प्रमुख अनुप पाख्रेल र वडा नं. ३ का वडा अध्यक्ष लोकमान वली रहनुभएको थियो ।
कार्यक्रममा वडा नं. ३ का वडा सदस्य राम बहादुर डागी नार्कका टि–फो प्राविधिक जिबराज भुषाल, गंगादेव गाउँपालिका कृषि शाखाका प्रमख टिकाराम वली सफल कृषक इन्द्र बहादुर खत्री लगाएतको आतिथ्यता रहेको थियो । नेपाल कृषि अनुसन्धान परिषद नार्कको आर्थिक सहयोगमा उक्त भवनको निर्माण गरिएको हो । सोहि भवनमा ८० कुइन्टल आलु अट्ने गरी भवनको निर्माण आयोजकले जनाएको छ ।
भवनको उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा बोल्दै गंगादेव गाँउपालिका अध्यक्ष हरिबहादुर पुनले गंगादेव गाँउपालिका एक विकट गाउँपालिका भएपनी यहाँका कृषकहरुलाई राष्ट्रले समेत सम्मान गरेको हुदा खुसी व्यक्त गर्नुभयो । वडा नं. ३ कृषि तथा फलफुलको लागी अत्यन्त राम्रो क्षेत्र भएको हुदा यहाँका किषृकलाई अझ लगनसील भएर कृषि क्षेत्रमा लाग्न आग्रह समेत गर्नुभयो ।
अदुवा बाली अनुसन्धान कार्यक्रम कपुरकोट सल्यानका कार्यलय प्रमुख अनुप पोख्रेलले यो स्टोर यहाँका कृषकका लागी अति आवश्यक भएको बताउनु भयो । यो स्टोरमा आलुको विउ सरक्षण गरेर जोगाउनको लागी यो स्टोर भवनको निर्माण गरिएको बताउनु भयो । गंगादेव को वडा नं. ३ अन्य क्षेत्र भन्दा कृषि क्षेत्रमा बढि तल्लीन भएको हुदा यसलाई अझ व्यवसायीकरुपमा अगाडी बढाउन आग्रह गरेका थिए ।
वडा नं. ३ का वडा अध्यक्ष लोकमान वलीले वडा नं. ३ आलु, स्याउ, र किविको लागी प्रख्यात भएको हुदा जहाँ जे हुन्छ, त्यसलाई नै विशेष प्राथामिकता दिन सुझाव समेत समेत दिनु भयो । साथै उक्त सहकारीको लागी आफ्नो तर्फबाट हुने जुनसुकै सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।
प्रतिक्रिया दिनुहोस्