Ad image

पन्चेबाजा संरक्षणमा जोड दिदै सुनिलस्मृति गाउँपालिका

मालश्री खबर
मालश्री खबर ११ जेष्ठ २०८०, बिहीबार
2 Min Read
Aa

गणेश केसी

सुनिलस्मृति गाउँपालिकाले पन्चेबाजा संरक्षणमा जोड दिन थालेको छ । लोप हुन थालेको लोक बाजालाई संरक्षण गर्ने उदेश्यले सुनिलस्मृति गाउँपालिका ८ अरेशमा पन्चेबाजा संरक्षण समुहलाई पन्चेबाजा हस्तान्तरण गरिएको छ । स्थानीयहरुको धर्म, सस्कार र सस्कृतिसंग सम्बन्धित पन्चेबाजा लोप हुन थाले पछि गाउँपालिकाले पन्चेबाजा संरक्षण गर्नमा जोड दिन थालेको हो ।

आज बिहीबार एक औपचारीक कार्यक्रमका बिच सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकीले पन्चेबाजा हस्तान्तरण गर्नु भएको हो । पन्चेबाजा अन्तरगत पर्ने दमाह, नरसिंगा, झ्याली, सहनाई र ढोलक स्थानीयहरुलाई हस्तान्तरण गरिएको छ ।

पन्चेबाजा हस्तान्तरण गर्दै अध्यक्ष बुढाथोकीले हाम्रो संस्कार, सस्कृति झल्कीने पन्चेबाजालाई संरक्षण गर्दै पुस्ता हस्तान्तरण गर्न समेत आग्रह गर्नु भएको छ ।

- Advertisement -
Ad image

सोही अवसरमा गरिबी निवारणका लागि लघु उद्यम विकाश (मेडपा) कार्यक्रमले आयोजना गरेको ७ दिने तरकारी खती सम्वन्धि तालिमको पनि उद्घाटन गरिएको छ । प्राविधिक सिप विकाश तालिम अन्तरगत आयोजना गरिएको उक्त तालिममा विभिन्न कृषक समुहहरुको सहभागिता रहेको वडा सचिव धर्मराज भण्डारीले जानकारी दिनु भएको छ ।

तालिम उद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकी, सुनिलस्मृति गाउँपालिका वडा नं. ८ का कार्यवाहक अध्यक्ष पदमबहादुर पुनमगर, वडा सचिव धर्मराज भण्डारी, मेडपा कार्यक्रमका मोतिराम रोकामगर र तुलसी बिष्ट लगायतको उपस्थिती रहेको थियो ।

आजै गाउँपालिका अध्यक्ष बुढाथोकीले सुनिलस्मृति गाउँपालिका वडा नं. ८ को लिस्नी प्राथमिक विद्यालय अफले पोखराको निर्माणधिन विद्यालयको फिल्ड र नेपाल राष्ट्रिय माध्यामिक विद्यालय अरेशको निर्माणाधिन भवनको अवलोकन समेत गर्नुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array