Ad image

होलेरीमा सरसफाई सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

मालश्री खबर
मालश्री खबर ११ जेष्ठ २०८०, बिहीबार
1 Min Read
Aa

कमल खड्का
मालश्री खबर जेठ ११ गते, रोल्पा ।

पुर्ण सरसफाईका लागि सरसफाई सहजकर्ताहरको प्रशिक्षक प्रशिक्षण तालिम होलेरीमा सम्पन्न भएको छ । जेठ ७ गते आइतबार बाट सुरु भएको तालिम बुधबार सम्पन्न भएको हो ।

रुन्टीगढी गाउँपालिका रोल्पाको आयोजनमा भएको तालिमको प्रशिक्षकमा वास रोल्पाका फोकल पर्सन भोला नाथ आचार्य र दामोदर प्रसाद आचार्य रहनु भएको थियो ।

- Advertisement -
Ad image

रुन्टीगढी गाउँपालिका प्रमुख प्रसाशकीय अधिकृत रेमन्त बहादुर डागीको स्वागत मन्तव्यबाट सुरु भएको तालिम ४ दिन सम्म सञ्चालन भएको हो । तालिममा प्रत्येक ९ वटा वडा बाट दुइ दुइ जना गरेर १८ जना सरसफाई सहजकर्ताहरको सहभागीता रहेको थियो ।तालिमाको समापन रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनले गर्नु भएको थियो भने सहजिकरण गाउँपालिका फोकल पर्सन धुब्र प्रकास मल्ले गर्नु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

Array