Ad image

आइटी स्रोत शिक्षकको लागि ३ दिने क्षमता विकास तालिम सुनिलस्मृतिमा सम्पन्न

मालश्री खबर
मालश्री खबर १० जेष्ठ २०८०, बुधबार
1 Min Read
Aa

 

भरत विश्वकर्मा
मालश्री खबर जेठ १० गते, रोल्पा ।
आइटी स्रोत शिक्षकको लागि ३ दिने क्षमता विकास तालिम सुनिलस्मृति गाउँपालिकाको सुलिचौरमा सम्पन्न भएको छ । सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकीको अध्यक्षता र प्रमुख प्रशासकिय अधिकृतको आतिथ्यतामा उक्त तालिम समापन गरिएको सुनिलस्मृति गाउँपालिका शिक्षा शाखा प्रमुख यादव केसीले जानकारी दिनुभएको छ ।


उक्त तिन दिने क्षमता अभिबृद्धि तालिम बाट सहभागी शिक्षकहरुलाइ शिक्षण सिकाई क्रियाकलापलाइ आधुनिक प्रविधि सँग जोडेर शिक्षण गराउने, विद्यार्थीहरुलाइ खोजमुलक शिक्षण कार्य गराउन, शिक्षण सिकाई क्रियाकलापमा विद्यार्थीहरुलाइ प्राविधिक बिषयवस्तुको बारेमा बढी जानकारी गराउने उदेश्यले यो तालिमको सञ्चालन गरिएको उहाँले बताउनु भएको थियो । यस खालको क्षमता अभिबृद्धि तालिमले शिक्षकको विभिन्न क्षमतामा परिवर्तन ल्याई दैनिक प्रशासनिक काम लाई समेत थप सेवा पु¥याउने बताउनुभएको छ ।

 

- Advertisement -
Ad image

यसखालको तालिमले परम्परागत शिक्षण पद्धतीलाई परिमार्जन गरि शिक्षण सिकाई कार्यलाई आधुनिक तर्फ लैजाने शिक्षा शाखाका प्रमुख यादव केसीले जानकारी दिनु भएको छ । उक्त तिन दिन सम्म सञ्चालन भएको तालिममा सुनिलस्मृति गाउँपालिकाका आधारभुत र माध्यामिक विद्यालयको १५ जना शिक्षकको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्