Ad image

गंगादेवमा हावाहुरीले विद्यालयको भवनमा क्षति

मालश्री खबर
मालश्री खबर १० जेष्ठ २०८०, बुधबार
1 Min Read
Aa

उमा बस्नेत
मालश्री खबर जेठ १० गते, रोल्पा ।
मंगलबार आएको हावाहुरी सहितको पानीले विद्यालय भवनमा पुर्ण रुपले क्षति पु¥याएको छ । रोल्पाको गंगादेव गाउँपालिका वडानम्बर ४ मा रहेको इन्द्रसेवक प्राथमिक विद्यालयको भवनको जस्तापाता उडाउदा भवनमा क्षति पुगेको हो ।

हावाहुरीले १० कोठे भवनको सबै जस्तापाता उडाएको छ । हावाहुरी सँगै परेको पानीले विद्यालयको कम्प्युटर, विद्युत लाईन र अन्य सामाग्रीमा पनि क्षती पु¥याएको त्यहाबाट स्थानिय मोहन वलीले जनाकारी दिनुभएको छ ।

छाना उडाए पछि विद्यालयको पठनपाठन प्रभावित भएको छ । उक्त विद्यालयमा कुल १ सय ३८ जना विद्यार्थीले अध्ययन गर्ने गर्दछन् ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्