Ad image

गंगादेव गाउँपालिका वडा नं. ७ मा पुर्ण खोप सुनिश्चिता तथा दिगोपना वडा घोषणा

मालश्री खबर
मालश्री खबर ९ जेष्ठ २०८०, मंगलवार
2 Min Read
Aa

हिमाली खड्का
मालश्री खबर, जेठ ९ गते रोल्पा ।
गंगादेव गाउँपालिका वडा नं. ७ राँकमा पुर्ण खोप सुनिश्चिता तथा दिगोपना वडा घोषणा गरिएको छ । पुर्ण खोप सुरक्षित भविष्य, पुर्ण खोप पाउनु बालबालिकाको नैशगिंक अधिकार हो भन्ने मुल नाराका साथ कुनै पनी बालबालिका खोप लाउनबाट नछुटुन् भनेर सुरुगरिएको अभियान सफल भएपछि आइतबार गंगादेव गाउँपालिका वडा नं. ७ को रांक स्वास्थ्य चौकिमा पुर्ण खोप सुनिश्चिता तथा दिगोपना वडा घोषण गरिएको हो ।

 

वडा नं. ७ का वडा अध्यक्ष प्रेमप्रकाश के.सीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथिमा गंगादेव गाउँपालिका अध्यक्ष हरिबहादुर पुन रहनुभएको थियो भने विशिष्ट अतिथिमा गंगादेव गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सकलदेव यादव रहनु भएको थियो । कार्यक्रको अन्य अतिथिमा वडा सदस्य धनराज डागी, लालमति कामी, अमृता के.सी, गंगादेव गाउँपालिका शिक्षा समन्वय समितिका सदस्य मुन बहादुर खड्का, रहनु भएको थियो । कार्यक्रममा वडा का सम्पुर्ण स्वास्थ्य स्वयमसेविका, आमा समुहका प्रतिनिधि वडा नं. ७ का सम्पुर्ण विद्यालयका प्र.अ तथा प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगाएतको सहभागीता रहेको थियो ।

कार्यक्रमको सञ्चालन राँक स्वास्थ्य चौकिमा प्रमुख नरहरीनाथ योगीले गर्नुभएको थियो भने कार्यत्रमको बारेमा स्वास्थ्यचौकिका अहेव खगेन्द्र के.सीले प्रष्ट पार्नुभएको थियो । गंगादेव गाउँपालिकाको वडा नं.७ लाई ४ लाई पाचौं वडा पुर्ण खोप सुनिश्चिता तथा दिगोपना वडा घोषण गरिएको हो । कार्यक्रममा बोल्दै गंगादेव गाउँपालिकाका अध्यक्ष हरिबहादुर पुनले गंगादेव गाउँपालिकामा स्वास्थ्य क्षेत्र केहि सुधार आएको बताउनु भयो ।

- Advertisement -
Ad image

 

साथै जिल्लाको १० वटै स्थानियतहमा स्वास्थ्य क्षेत्रमा गंगादेव पहिलो भएको समेत बताउदै पुर्ण खोप सुनिश्चिता तथा दिगोपना वडा घोषणा सफल पार्नको लागी आहोरात्र खटिने स्वास्थ्यकर्मि, स्वास्थ्य स्वयमसेविका वडा का जनप्रतिनिधि लगाएत सहयोग गर्ने विशेष धन्यावाद समेत दिनुभयो । त्यस्तै गंगादेव गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सकलदेव यादवले नेपाल सरकारले एउटा बच्चाको लागी ३० हजार भन्दा बढि खर्च गर्नेभएको हुदा सरकारले बच्चालाइ सेवासुविधाबाट कहिल्यै पनी वञ्चित नगराउन हजारदिने आमा तथा सम्पुुर्ण अभिभावकलाई अनुरोध समेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array