Ad image

रोल्पामा ट्याक्टर दुर्घटना हुदा १ घाईते, थप उपचारको लागि भैरहवा रेफर

मालश्री खबर
मालश्री खबर ७ जेष्ठ २०८०, आईतवार
1 Min Read
Aa

उमा बस्नेत
मालश्री खबर जेठ ७ गते रोल्पा ।

रोल्पामा ट्याक्टर दुर्घटना हुदा १ जना घाईते भएका छन् । रोल्पा नगरपालिका वडा नम्बर १ पिपलचौतारा नजिकै ट्याक्टर दुर्घटना हुदा ट्याक्टर चालक रोल्पा नगरपालिका ४ बस्ने बुदे कामी घाईते भएका छन् ।

 

४१ वर्षिय कामीलाई रोल्पा अस्पताल रेउघामा प्राथमिक उपचार पछि थप उपचारको लागि भैरहवा मेडिकल कलेजमा रेफर गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।कामीको टाउको र शरीरका अन्य भागमा चोट लागेको बताईएको छ । आईतबार विहान करिव ११ बजे ट्याक्टर दुर्घटना भएको हो ।

- Advertisement -
Ad image

 

रोल्पा नगरपालिकको नयाँ भवन निर्माणको लागि रेउघाबाट गिट्टी लिएर फर्कने क्रममा द्याक्टर दुर्घटना भएको हो । रा १ त ११७६ नम्बरको ट्याक्टर सडकबाट करिव २० मिटर तल खसेको प्रहरी निरीक्षक रोल्पाका देविराम भण्डारीले जानकारी दिनु भएको छ । पछिल्लो समय रोल्पामा धेरै सवारी साधन दुर्घटना भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्