Ad image

रोल्पा सिर्जना महोत्सवको लिबाङमा उद्घाटन

मालश्री खबर
मालश्री खबर ५ जेष्ठ २०८०, शुक्रबार
3 Min Read
Aa

रोल्पा सिर्जना महोत्सवको शुक्रबार उद्घाटन गरीएको छ । शुक्रबार एक औपचारीक कार्यक्रमका विच लुम्बिनी प्रदेशका निवर्तमान आर्थिक मामिला मन्त्री जोख बहादुर महराको प्रमुख आतिथ्यतामा उक्त महोत्सवको उद्घाटन गरीएको हो । रोल्पाको सदरमुकाम टुँडिखेलको खुल्ला मञ्चमा कार्यक्रम सुरु भएको हो । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका निवर्तमान आर्थिक मामिला मन्त्री जोख बहादुर महराले रोल्पाले विगत समयदेखि रोल्पा सिर्जना महोत्सवको आयोजना गरेकोमा गौरव महशुस गर्दै यसले समग्र रोल्पाको साहित्यीक सिर्जनालाई अझ सशक्त बनाउन सहयोग गरेको बताउनु भएको छ । जनयुद्धको थलो भनेर चिनिने राल्पालाई साहित्यीक क्षेत्रको माध्यमबाट चिनाउनको लागि यस्ता कार्यक्रमले महत्वपुर्ण योगदान दिने बताउनु भएको छ । रोल्पामा आयोजना गरीय साहित्यीक कार्यक्रममा सरकारले पनि आगामी दिनमा बजेट छुट्याई अझै व्यवस्थित बनाउनको लागि आफ्नो ठाउँबाट पहल गर्ने कुरा पनि बताउनु भएको छ ।

कार्यक्रमका विशिष्ट अतिथी लुम्बिनी प्रदेश सभा सदस्य तथा दिपेन्द्र पुन सिजलले साहित्यीक सिर्जनाको माध्यमबाट रोल्पालाई चिनाउनको लागि थप सहयोग गर्ने बताउनु भएको छ । आज पाहुनाको पाहुर, समाज, साहित्य र राजनीति, राष्ट्रिय कविता प्रतियोगिता, अदिवासी संवेदना र सक्ता र गोधुलिमा गीत र गजल सेसनहरु भएका छन् । कार्यक्रममा विभिन्न जनप्रतिनिधि, साहित्यकार, पत्रकार, स्थानिय लगाएत अन्य साहित्य प्रेमीहरुको उपस्थिती रहेको थियो । भोली अर्थात जेठ ६ गते शनिवार पर्यटन, पर्याय र पहल, गाउँको सरकार र साहित्यिक रङ, आगनका कविता, कवि, कविता र कवित्व सेसन सातदोबाटोमा भई कार्यक्रमको समापन गर्ने आयोजकले बताएको छ ।

- Advertisement -
Ad image

नगर साहित्य, कला तथा सङगित प्रतिष्ठना रोल्पाका अध्यक्ष नविन लोचन मगरको अध्यक्षतामा सुरुभएको कार्यक्रमको प्रमुख अतिथी लुम्बिनी प्रदेश सभा सदस्य जोखबहादुर महरा रहनु भएको थियो । कार्यक्रमको विशिष्ट अतिथीमा लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार पुन, रोल्पा नगरपालिकाका प्रमुख सुरेन्द्र थापा घर्ती रहनु भएको थियो । कार्यक्रममा नेपाली कांग्रेस रोल्पाका पार्टी सभापती किशोर कुमार आचार्य, नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य घनश्याम आचार्य, नेकपा माओबादी केन्द्र रोल्पाका सचिव पुर्ण केसि, नेकपा एकिकृत समाजबादी पार्टी रोल्पाका अध्यक्ष टंक बुढामगर, लगाएतले कार्यक्रमका आफ्नो मनतव्य राख्नु भएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे, जिल्ला देश भरका अग्रज साहित्यकाहरु, जिल्लामा क्रियाशिल अग्रज साहित्यकार, पत्रकार, बिभिन्न सरकारी गैरसरकारी कार्यालयका प्रमुख प्रतिनिधी, सुरक्षाकर्मि लगाएको कार्यक्रममा आतिथ्यता रहेको थियो । नगर साहित्य, कला तथा सङगित प्रतिष्ठन रोल्पाका उपाध्यक्ष ओम पंछीको स्वगत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन रोल्पा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र पराजुलीले गर्नु भएको थियो ।

  

 

प्रतिक्रिया दिनुहोस्

Array