Ad image

क्षेत्रीद्वारा स्थानिय तहलाई बजेट निर्माणको लागि सुझाव सहितको खबरदारी

मालश्री खबर
मालश्री खबर ५ जेष्ठ २०८०, शुक्रबार
5 Min Read
Aa

मालश्री खबर जेठ ५ गते, रोल्पा ।

सुनिलस्मृतति गाउँपालिकाका अध्यक्षका प्रत्यासी गञ्चबहादुर क्षेत्रीले सुनिलस्मृति गाउँपालिकालाई बजेट निर्माणको लागि सुझाव दिनु भएको छ । गाउँपालिकाको अध्यक्षको प्रत्यासी र सचेत नागरीकाको हैसियतले सुझाव सहित खबरदारी गर्नुभएको बताईको छ । बजेट निर्माण गर्दा सबै भौगालिक क्षेत्र, आवश्यकता र समानताको आधारमा बजेटको खाका तयार पार्न सुझाव दिनु भएको हो ।


“अहिले देशका तिन ओटै तहहरु आर्थिक वर्ष २०८०—०८१ को बजेट निर्माणमा लागिपरेका छन् । संघिय सरकार र प्रदेश सरकारले केहि दिनमै बजेट भाषण गर्ने तयारी मा छन् भने यता स्थानिय तहहरु भने संघिय सररकार र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान को सिलिङ्ग पर्खेर बसेका छन् जसका कारण स्थानिय तहको बजेटको आकार निर्धारण हुनेछ । यसै सिलसिलामा चालु आ.व २०७९.०८० मा विनियोजित रकमका योजना तथा कार्यक्रमहरु समयमै सम्पन्न भए नभएको एकिन गरेर,विभिन्न शिर्षकमा विनियोजित रकमको खर्चको प्रतिशतलाइ मध्यनजÞर गर्दै सुनिलस्मृति गाउँपालिका तथा यसका मातहातका वडाहरु पनि आ.व २०८०—०८१ को बजेट निर्माणमा जुटेको आवास भैरहेको छ ।

पक्कै पनि गाउँपालिका लगायत सम्पुर्ण जनप्रतिनिधिहरु समग्र गाउँपालिकाको समिृद्धिको लागि अगाडी बढिरहेका छन् । जसरि राम्रा कामहरुमा जनताहरुले स्थानिय तहलाई सहयोग गरिरहेका छन् त्यसै गरेर स्थानिय तहले पनि सो कुरालाई मनन गरि जनताहरुलाई उहाहरुको हकहितको पुर्ण रुमपा सुनिश्चिता गरेर सरकारको हरेक काममा, बिशेष गरि बजेट निर्माणको क्रममा जनसहभागिता गराउनु पर्दछ । त्यसैले बजेट निर्माणको क्रममा स्थानिय तहले अवलम्बन गर्नु पर्ने क्रियाकालपहरुमा जनताहरुलाई प्रतक्ष्य सहभागिता गराउन म गाउँपालिका तथा वडा कार्यालय लाइ अनुरोध गर्दछु । हाल सुनिलस्मृति गाउँपालिकामा गाउँपालिका अधक्ष सहित सम्पुर्ण ८ ओटै वडा समिति (२ नम्बर वडाध्यक्ष बाहेक ) ने. क. पा माओबादिले जितेको छ । तर अहिले उहाहरु सम्पुर्ण जनताको जनप्रतिनिधि हो र निस्वार्थ भावले र कुनै पनि विभेद नगरी अभिभाबकको रुपमा हरेक क्रियाकलापमा समान ब्यबहार गर्नुहुनेछ भन्नेमा म बिस्वस्त छु ।

- Advertisement -
Ad image

यस गाउँपालिका रोल्पा जिल्लाको नाका र पुर्बी क्षेत्रको मुख्य ब्यापारिक केन्द्र पनि हो । साथ साथै विभिन्न क्षेत्रमा सम्भावना बोकेको पालिका पनि हो । त्यसैले यस पालिकामा रहेका हरेक प्राकृतिक श्रोत साधन, पर्यटकीय क्षेत्र, धार्मिक र ऐतिहाहिक क्षेत्र, कृषि, शिक्षा, स्वास्थ, खेलकुद, रोजगार मुलक कार्यक्रम लगायतका योजनाहरुलाई जोड दिनु पर्ने उपयुक्त हुनेछ । यस पालिका भित्र हरेक क्षेत्रमा गर्नु पर्ने र सुधार गर्नु पर्ने तमाम समस्याहरु छन् जसलाई प्राथमिकताको आधारमा तत्काल समाधान गर्नु पर्ने देखिन्छ । अन्य स्थानमा झैँ हाम्रो पालिकामा पनि बेरोजगारिको समस्याले ठुलै जरो गाडिसकेको छ । उक्त समस्या हल गर्नको लागि पालिका रोजगार शिर्जना गर्ने खालको उद्द्योग संचालन गरेमा उक्त समस्या केहि हद सम्म हाल हुने थियो र पालिका लाई आत्म निर्भर हुनमा टेवा पुग्ने थियो । तसर्थ आगामी बजेट निर्माण गर्दा निर्माणाधीन योजना सम्पन्न गर्ने र आम जनतालाई प्रतक्ष लाभ हुने र पालिकालाई आत्म निर्भर हुने खालका नबिन कार्यक्रम या योजनामा मा बजेट बिनियोजन गर्न तथा भौतिक बिकास साथ् साथै सामाजिक बिकासमा पनि जोड दिनमा स्थानिय तहलाई म अनुरोध गर्दछु ।

 

साथ् साथै बजेट बिनियोजन गर्ने क्रममा प्रत्येक टोल टोलमा,प्रत्येक क्लस्टरहर्रुमा, उक्त स्थानका राजनीतिक दल, नागरिक अगुवा, संघ संस्था ,बुद्दिजिबि, संचारकर्मी लगायत सम्पुर्ण जनताहरुलाई सहभागीता गराएर आवश्यकता र प्राथमिकता अनुशारको योजना तथा कार्यक्रम छनोट गर्न गराउन म गाउपालिका तथा सम्पुर्ण वडा समितिका जनप्रतिनिधिहरुलाई अनुरोध गर्दछु र उक्त कार्यमा स्थानिय तहलाई हरेक प्रकारको सहयोग गर्न सम्पुर्ण राजनीतिक दल, नागरिक अगुवा, संघ संस्था ,बुद्दिजिबि लगायत सम्पुर्ण जनता हरुलाई म हार्दिक अनुरोध गर्दछु ।

तर यदि कुनै वडा वा कुनै पनि जनप्रतिनिधिले विभिन्न कारण वा बहानामा राजनीति आस्थाको कारण, व्यक्तिगत कारण )अथवा अन्य जुनसुकै कारणले पनि विभेद गरि एकलौटी हिसाबले मानोमाानि ढंगले बजेट बिनियोजन गरि योजना वा कार्यक्रम छनोट गरेमा वा गर्न खोजेमा जुनसुकै वडा समिति वा जनप्रतिनिधिहरुलाई तत्काल खबरदारी गर्नको लागि पनि वडा तह देखि पालिका तहसम्ममा सम्पुर्ण आम जनतालाई अनुरोध पनि गर्दछु ।

हामि आम सुनिलस्मृति गाउपलिका बासि आम जनताको मुख्य उदेश्य भनेको गाउँ पालिका लाइ बिकास गरि, आम जनताको हक र अधिकार सुनुश्चित गरि सेवा प्रबाह गरी हरेक क्षेत्रमा पालिकालाई अब्बल बनाउने हो र यस कार्यमा अगाडी लाग्नेलाईलाई हामी सबको सबैको हरपल साथ् र सहयोग रहनेछ र गर्नु पनि पर्दछ । यसको साथ साथै, सेवा प्रबाह गर्ने हरेक निकाय, स्थानिय तह, सरकारी वा गैर सरकारी निकाय, बित्तिय संस्था, अन्य संघ संथाहरुमा हरपल निगरानी र खबरदारी गर्नु हामि सबै आम जनताको दायित्व भएकोले हरपल निगरानी र खबरदारी गरिरहेका छौ र हमेसा गरिरहने पनि छौ ।” जेठ ५ गत प्रकाशित सुझाव सहितको खबरदारी पत्रमा उक्त कुरा उल्लेख गरीएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array