Ad image

गाउँपालिकाको माइन्युटमा भएको निर्णय कार्यान्वयन गरेरै छोड्छु -अध्यक्ष बुढाथोकी

मालश्री खबर
मालश्री खबर ४ जेष्ठ २०८०, बिहीबार
3 Min Read
Aa

गणेश केसी

अन्तरकृया कार्यक्रममा गाउँपालिकाको माइन्युटमा भएको निर्णय कार्यान्वयन गरेरै छोड्ने गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकीले प्रतिवद्धता जनाउनु भएको छ । सुनिलस्मृति गाउँपालिकाको मुख्य ब्यापारिक केन्द्र सुलिचौर बजार ब्यवस्थापन, फोहोर तथा ट्राफिक ब्यवस्थापनका लागि गाउँपालिकाद्वारा आयोजित अन्तरकृया कार्यक्रममा उहाले यस्तो बताउनु भएको हो ।

सुलिचौर बजार कसरी ब्यवस्थापन गर्न सकिन्छ, सडक आवागमन नै अवरुद्ध हुने गरि हुने अब्यस्थित पार्किङ नियन्त्रण, बजारमा हुने फोहोर ब्यवस्थानका बारेमा ब्यापारी,बुद्धिजिवी, समाजसेवी, प्रहरी, जनप्रतिनिधी लगायतसंग गाउँपालिकाले छलफल कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा अध्यक्ष मणिराम बुढाथोकीले केही नयाँ कामको थालनि गर्न थालेकोर यसका लागि सूरुमा अस्वभाविक लागे पनि विस्तारै जनजिवल लयमा फर्कने विश्वास ब्यक्त गर्नु भएको छ ।

कार्यक्रममा ट्राफिक ब्यवस्थापनका लागि गाउँपालिकाले तोकेको स्थानमा पार्किङ गर्नु पर्ने, ब्यापारीहरुले घरको पेटीहरुमा सामान राखेर बेच्न नपाइने, सटर अगाडि जोडियका पाली, त्रिपालहरु हटाउनु पर्ने, बजार क्षेत्रमा कुखुरा, हाँस, बाख्रा लगायतका पशुहरु नियन्त्रण गर्ने, अब्यपस्थित रुपमा संचालनमा रहेका ग्यारेजहरु तत्काल बन्द गर्ने निर्णय गरिएको छ । छलफल कार्यक्रममा सहभागिहरुले उक्त निर्णय कार्यान्वयन गर्न सकरात्मक देखिएका छन । यस बाट आफु खुसी भएको अध्यक्ष बुढाथोकीले धारणा ब्यक्त गर्नु भएको थियो ।

- Advertisement -
Ad image

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेलले बजार क्षेत्रको साँझा समस्या समाधान गर्नका लागि सबै लाग्नु पर्ने धारणा राख्नु भएको थियो । ब्यवसायी, ब्यापारी, उद्योगी लगायत सबैको सहयोगमा रुइनिबाङमा ट्राफिक ब्यवस्थापन गर्नका लगि आफुहरु सफल भएको भन्दै पौडेलले बजारको अन्य क्षेत्रको ट्राफिक समस्या समाधान गर्नका लागि टाइम कार्ड वा गाउँपालिकाले तोकेको स्थानमा मात्र सामान झार्ने तथा राख्ने गर्न सके पनि राम्रो हुने धारणा राख्नु भएको छ ।

इलाका प्रहरी कार्यालय सुलिचौरका इन्चार्ज ओमप्रकाश वाग्लेले ट्राफिक ब्यवस्थापन आवश्यकता र चुनौति दुबै भएकाले सबैको सहयोग मिलेका ट्राफिक ब्यवस्थापन गर्न सकिने बताउनु भएको छ । गाउँपालिकाले तोकेको स्थानमा मात्र पार्किङ गर्न केहि असहज भए पनि राम्रो कामका लागि केहि कष्ट गर्नु पर्ने आफ्नो धारणा राख्नु भएको छ ।

रोल्पा उद्योग वाणिज्य संघका उपाध्यक्ष मिलन रोकामगरले रुइनिबाङ बजारमा पेटीमा सामान राखेर विक्री गर्ने काम ९५ प्रतिशत कम भएको जानकारी दिनु भएको छ । उहाले गाउँपालिकाले पार्किङका लागि भाडामा लिएको स्थान पार्किङ गर्न तयार रहेको तर उक्त स्थान सुरक्षित नभएको प्रतिकृया दिनु भएको छ । गाउँपालिका भित्र अहिले पनि १०–१५ प्रतिशत सम्म ब्यापारीहरुले ब्यवसाय दर्ता नगरि संचालन गरिरहेकाले त्यस तर्फ ध्यान दिन पनि आग्रह गर्नु भएको छ ।

कार्यक्रममा सुलिचौर बजारका ब्यापारी, बुद्धिजिवी, सुरक्षकर्मी, समाजसेवी, जनप्रतिनिधि, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

Array