Ad image

मध्यपश्चिम विश्वविद्यालयलाई देशकै उत्कृष्ट विश्वविद्यालय बनाउछौ- उपकुलपति सिंह

मालश्री खबर
मालश्री खबर ४ जेष्ठ २०८०, बिहीबार
2 Min Read
Aa

उमा बस्नेत
मालश्री खबर जेठ ४ गते, रोल्पा ।

 

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति डा. नन्दबहादुर सिंहले मध्यपश्चिम विश्व विद्यालयलाई देशकै उत्कृष्ट विश्वविद्यालय बनाउने बताउनु भएको छ । जलजला बहुमुखी क्याम्पस लिवाङ, रोल्पाले मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति तथा पदाधिकारीहरलाई स्वागत गरीएको कार्यक्रममा विद्यार्थीहरुले राखेको जिज्ञासाको सम्बोधन गर्दै बिहिवार सिंहले उक्त कुरा बताउनु भएको हो ।

- Advertisement -
Ad image

कार्याक्रमा बोल्दै उहाँले प्रविधिमैत्री विश्वविद्यालय बनाउने, नयाँ पाठ्यक्रम बनाउने, समयमै परीक्षा लिने र परीक्षाफल प्रकाशन गर्ने, प्रयोगात्मक विधिबाट अध्ययन अध्यापन गराउनको लागि सम्पुर्ण कक्षा कोठामा प्रोजेक्टरको व्यवस्था गर्ने, महिला मैत्री क्याम्पस बनाउने, प्रत्येक क्याम्पसमा ४० प्रतिशत महिला कर्मचारी राख्ने, विद्यार्थीलाई थप प्रोत्साहनका लागि पढ्दै कमाउदै कार्यक्रम ल्याउने, संख्यात्मक रुपमा धेरै विद्यार्थी भन्दा पनि गुणत्मक रुपमा दक्षतायुक्त विद्यार्थी उत्पादन गर्ने बताउनु भएको थियो ।

सिहंले मध्यपश्चिम विश्वविद्यालयमा अध्ययन गरेका विद्यार्थीहरुलाई अन्तराष्ट्रिय जगतमा भएका विश्वविद्यालयका विद्यार्थीहरुसँग प्रतिस्पर्धा गर्न सक्ने गरी दक्ष बनाउने गरी लागिपरेको बताउनु भएको थियो । साथै मध्यपश्चिम विश्वविद्यालयले आगामी दिनमा गुणस्तरीय शिक्षा प्रदानको लागि भौतिक पुर्वाधार लगाएत अध्ययन गर्ने विद्यार्थीहरुलाई थप हौसला हुने खालका योजनाहरु बनाइराखेको र त्यसलाई पूर्णरुपमा कार्यान्वयन गर्ने जनाकारी दिनुभएको छ । विद्यालयमा कर्मचारी अभावको कारणले निम्त्याएका समस्यालाई पनि छिट्टै समाधान गर्ने प्रतिकृया दिनुभएको छ ।

 

स्वागत तथा अन्तरक्रिया कार्यक्रमको अवसरमा जलजला बहुमुखी क्याम्पसको हस सहितको ७ कोठे नवनिर्मित भवनको उपकुलपति सिंहले उद्घाटन गर्नुभएको छ । कार्यक्रममा विद्यालयले हाल सम्म गरेको गतिविधिको बारेमा जलजला बहुमुखि क्याम्पसका प्रमुख खिमबहादुर खड्काले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

क्याम्पस प्रमुख खिमबहादुर खड्काको अध्यक्षतामा सुरुवात भएको कार्यक्रमको विशिष्ट अतिथीमा मध्यपश्चिम विश्वविद्यालयका रिजिष्टार प्राध्यापक नारायन प्रसाद पौडेल, रोल्पा नगरपालिकाका प्रमुख सुरेन्द्र थापा घर्ति रहनु भएको थियो । जलजला बहुमुखि क्याम्पसका उपप्रध्यापक कृष्ण प्रसाद न्यौपानेको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका विभिन्न पधाधिकारी, विद्यार्थी, विभिन्न संचाल माध्यममा कृयाशिल पत्रकारहरको उपस्थिति रहेको थियो ।

जलजला बहुमुखी क्याम्पसका उपप्रध्यापक भिमबहादुर बुढामगरले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो । जलजला बहुमुखी क्याम्पसमा ४ सय ११ विद्यार्थीले अध्ययन गरीरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array