Ad image

लिवाङ, धबाङ, धांसी हुदै जलजला जोड्ने सडकको अनुगमन

मालश्री खबर
मालश्री खबर ३ जेष्ठ २०८०, बुधबार
2 Min Read
Aa

उमा बस्नेत
मालश्री खबर जेठ ३ गते, रोल्पा ।
लिवाङ, धबाङ, धांसी हुदै जलजला पुग्ने सडकको निर्माण कार्य सारभूत रुपमा सम्पन्न भएको छ । उक्त सडकको बुधबार अनुगमन गरीएको छ ।

 

लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्रकुमार पुन, प्रमुख जिल्ला अधिकारी परपानान्द घिमिरे, रोल्पा प्रहरी प्रमुख श्यामकुमार शारु मगर, सडक पुर्वाधार विकास कार्यालय रोल्पाका प्रमुख हेमन्त रोकाक्षेत्री लगाएतले उक्त साडकको अनुगमन गर्नु भएको हो । सदरमुकाम लिवाङ बसपार्क देखि ३३ किलोमिटर सम्म निर्माण गरीएको बाटो रोल्पा नगर पालिका वडा नम्बर १० पोखरीनेटासम्म पुगेको छ ।

पोखरीनेटा भन्दा अगाडी बाटो निर्माण गर्दा मेसीनरी सामानको प्रयोग नगर्ने निणर्य भएकाले जलजला सम्म पुग्नको लागि पैदल यात्रा प्रयोग गर्नु पर्ने सडक पुर्वाधार विकास कार्यलका प्रमुख हेमन्त रोका क्षेत्रीले बताउनु भएको छ । पोखरीनेटा बाट डेढ घन्टा पैडल यात्र गरेपछि जलजला पुग्न सकिने रोकाक्षेत्रीले जानकारी दिनुभएको छ ।

- Advertisement -
Ad image

२०७४ साल असार २८ गते रौताहा हरिहरि जे.भी काठमान्डौले सडक पुर्वाधार कार्यालय रोल्पासँग २०८० साल असार ३१ गते सडक निर्माण कार्य सम्पन्न गर्ने गरी जिम्मा लिएको थियो । जे.भी ले २० करोड ७६ लाख ८ हजार ७ सय ३७ रुपैया ९१ पैसामा सडक निर्माण गर्ने सम्झौता गरेको थियो । जे.भीले ग्याबिन, मेसिनरी, सडक स्तरोन्नती, ट्रयाक ओपानिङ तथा पाईप कल्भर्ट लगाएतका कार्यहरु गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्