Ad image

पूर्णखोप सुनिश्चितताका लागि स्वास्थ्य कार्यालय रोल्पाद्वारा सुनिलस्मृति गाउँपालिकाको अनुगमन

मालश्री खबर
मालश्री खबर ३ जेष्ठ २०८०, बुधबार
4 Min Read
Aa

उमा बस्नेत, मालश्री खबर जेठ ३ गते, रोल्पा ।

पूर्णखोप सुनिश्चितता पालिका घोषणका लागि सुनिलस्मृति गाउँपालिकामा बुधबार अनुगमन गरीएको छ । जिल्ला समन्वय समितिका प्रमुख सिता आचार्य, स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख नोखराज पोख्रेल, स्वास्थ्य कार्यालय रोल्पाका लेखापाल मोतिराज न्यौपाने र पत्रकार उमा बस्नेत लगाएतको उपस्थितिमा अनुगमन गरिएको हो ।

पूर्णखोप सुनिश्चितता पालिका घोषणका लागि गाउँपालिकाले तोकिएको विभिन्न अनुसूचीहरु पुरा गरेको छ या छैन भनी अनुगमन गरीएको स्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ । अनुगमनबाट गाउँपालिकाले सम्पुर्ण प्रकृया पुरा गरेको देखिएको स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख नोखराज पोख्रेलले जानकारी दिनु भएको छ ।

- Advertisement -
Ad image

पालिकाले पूर्णखोप सुनिश्चितता पालिका घोषण गर्नको लागि २०८० साल वैशाख ५ गते देखि वैशाख २० गते सम्म गाउँ — गाउँमा गई खोप अभियान सञ्चालन गरेको सुनिलस्मृति गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोतिम आलमले बताउनु भयो । पूर्णखोप अनुसूचीको ४ वमोजिम घरधुरी सर्वेक्षण गर्दा १६ महिना देखि ५ वर्ष सम्मका खोप नलगाएका बालवालीकाहरु जम्मा १५ जना भटिएका छन् । वडा नम्बर १ मा त्यो संख्या ४ रहेको छ भने वडा नम्बर ३ मा ११ जना रहेका छन्, वडा नम्बर २, ४, ५, ६, ७ र ८ मा ती बालवालीकाहरुको संख्या शुन्य रहेको स्वास्थ्य शाखाका सहसंयोजक सावित्रा थापाले जानकारी दिनु भएको छ । सर्वेक्षणमा भटिएका त्यी बालवालीकाहरुलाई गाउँपालिकाले खोप अभियान सञ्चालन गरी पुर्ण खोप दिइसकेको छ ।

पूर्णखोप सुनिश्चितता निर्देशिका अनुसूची ५ वमोजिम हाल खोप पाईरहेका १५ महिना सम्मका बच्चाहरुको संख्या गाउँपालिका भर ७ सय १२ जना रहेका छन् । वडा नम्बर १ मा ७५ जना, २ नम्बर वडामा ८४ जना, ३ नम्बर वडामा ८८ जना, ४ नम्बर वडामा १ सय ९ जना, ५ नम्बर वडामा ७३ जना, ६ नम्बर वडामा ६० जना, ७ नम्बर वडामा १ सय १९ जना र ८ नम्बर वडामा १ सय ४ जना रहेका छन् । खोप सर्वेक्षणबाट गाउँपालिकामा १ हजार ९ सय १७ जना, १६ महिना देखि ५ वर्ष सम्मका बालबालिकाहरु रहेका छन् ।

सुनिलस्मृति गाउँपालिकाको सबै वडाहरु पुूर्णखोप वडा घोषणा भई सकेका छन् । पहिलो पटक वडा नम्बर ५ वैशाख  १४ गते पूर्णखोप वडा घोषणा भएको हो । अन्तिमामा वडा नम्बर ३, ४, ७, र ८ एकै दिन वैशाख २० गते पूर्ण खोप वडा घोषणा भएको सुनिलस्मृति गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले पूर्णखोप घोपाणा गर्नको लागि मूल्यांकन गर्ने सम्पुर्ण क्षेत्रहरु पूर्ण रुपले पालना गरेको अनुगमनका क्रममा देखिएको स्वास्थ्य कार्यालय रोल्पाका लेखापाल मोतिराज न्यौपानले जानकारी दिनु भएको छ ।

वडा स्तरको प्रतिवेदनहरुको समिक्षा तथा विश्ष्लेणन भएको, पालिका स्तरिय पूर्णखोप सम्बन्धि बैठक तथा योजनाहरु भएको, पूर्णखोप भेरिफिकेशन सर्वेक्षणमा स्थानिय सरोकारवालाहरुसँगको संलग्नता भएको, वडाबाट प्राप्त पत्र साथ संलग्न सर्वेक्षण समायोजन विवरण, दिगोपनाको कार्ययोजना र अनुगमन तथा घोषणा सभाको माग पत्रका विवरण भएको, गत एक वर्षमा समितिको २ पटक बैठक बसी टिम गठन गरेको, पालिकाको वार्षिक कार्यक्रममा पूर्णखोप समावेश भएको, खोप सेवाको सुदृढीकरण र पूर्णखोप दिगोपनाको लािग कार्ययोजना भएको, स्थानिय तहमा सक्रिय साझेदार संघ संस्थाहरुको समन्वय र सहकार्यमा पूर्णखोप घोषणाको लागि व्यवस्थापन र साझेदारीमा निर्णय भएको, जम्मा खोप सेसन सञ्चालनको लक्ष्य ३ सय २३ लिएको मा सवै लक्षहरु पुरा गरेको अनुगमनका क्रममा पाईएको छ ।

जेठ १५ गते भित्र आफ्नो पालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषण गर्नको लागि सुनिलस्मृति गाउँपालिकाले स्वास्थ्य कार्यालयलाई प्रस्ताव गरेको छ । गाउँपालिकाले पूर्णखोप सुनिश्चितता पालिका घोषणाको लागि जिल्लाबाट गररिने अनुगमन टोलीको सकारात्मक प्रतिक्रिया पाएको गाउँपालका अध्यक्ष मणिराम बुढाथोकीले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array