Ad image

उपाध्यक्षसँग महिला कार्यक्रम सुनिलस्मृती ३ मिझिङमा सम्पन्न

मालश्री खबर
मालश्री खबर २ जेष्ठ २०८०, मंगलवार
2 Min Read
Aa

उमा बस्नेत/मालश्री खबर, जेठ २ गते, रोल्पा ।
सुनिलमृति गाउँपालिकाले उपाध्यक्षसँग महिला कार्यक्रम सुनिलस्मृती गाँउपालिका वडा न. ३ मिझिङमा सम्पन्न भएको छ । मंगलबार सुनिस्मृति गाउँपालिका वडा नम्बर ३ मिझिङको चन्द्रप्रबाह माध्यमिक विद्यालयमा उक्त कार्यक्रम गरीएको बाताइएको छ । उपाध्यक्षसँग महिला कार्यक्रम सुनिलस्मृति गाउँपालिकाको आयोजना, स्ट्रोम फाउन्डेशनको आर्थिक सहयोगमा सहास नेपालद्धारा सञ्चालित सिड्स परियोजना र इलाका प्रहरी कार्यालय सुलिचौर रोल्पाको समन्वयमा उक्त कार्यक्रम सञ्चालन भएको हो । कक्षा १० मा अध्ययन गर्ने विद्यार्थीहरुको विचमा उपाध्यक्षसँग महिला कार्यक्रम अन्तर्गत बाल विवाह र आत्माहत्या न्युनिकरण सम्बन्धि कार्यक्रम गरीएको हो । गाउँपालिकाले बाल विवाह र आत्माहत्याको घटना न्यूनिकरण गर्नको लागि उपाध्यक्षसँग महिला कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

कार्यक्रमका प्रमुख अतिथी तथा सुनिलस्मृति गाउँपालिकाका उपाध्यक्ष मिना थापाले बाल विवाहको कारणले नै धेरै आत्मा हत्याका घटना हुने भएकाले बाल विवाह रोक्न सकेमा आत्महत्याको घटनालाई न्युनिकरण गर्न सकिने बताउनु भएको छ । आत्माहत्याको घटना न्यूनिकरण गर्नको लागि किशोर किशोरीलाई बाल विवाहको असरको बारेमा सुनाई दिए किशोर किशोरी आफु पनि सचेत हुने र अरुलाई पनि सचेत गराउन सक्ने थापाले बताउनु भएको छ । बालविवाह गरि सानैमा गर्भवति भएमा प्रजनन् अंगमा समस्या आउने, आमा र बच्चा दुबैको ज्यान जोखिममा पर्ने, बालिकाको आर्थिक, सामाजिक, शैक्षिक अवस्थामा नकरात्मक असर पर्ने, पारिवारीक बेमेल हुने जस्ता समस्या हुने भएकाले बाल विवाह गर्न नहुने उपाध्यक्ष थापाले बताउनु भएको छ ।

कार्यक्रममा बाल मनोविज्ञानको बारेमा सुनिलस्मृति गाउँपालिकका शिक्षा शाखा प्रमुख यादव केसीले प्रस्तुती दिनु भएको थियो । इलाका प्रहरी कार्यालय सुलिचौरका असई पुरुषोक्तम रेग्मीले बाल विवाह र आत्महात्याको बारेमा र सहास नेपाल, सिड्स परियोजना जिल्ला कार्यक्रम संयोजक सरोज पन्थीले उत्प्रेरण र भविष्यको बारेमा विद्यार्थीहरुलाई जनाकारी दिनुभएको थयो ।
कार्यक्रममा सुनिलस्मृति गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष दुर्गाबहादुर विष्टको अध्यक्षतामा कार्यक्रम सुरुवात भएको थियो । विद्यालयका प्रध्यानाध्यापक ओमप्रकाश विष्टको स्वागत मन्तव्यबाट सुरु भएको कार्यत्रमको सञ्चालन शिक्षा शाखाका देवराज घर्तीले गर्नु भएको थियो ।

- Advertisement -
Ad image

   

प्रतिक्रिया दिनुहोस्

Array