Ad image

जनतासँग गाउँपालिका अध्यक्ष संवादलाई प्रभावकारी बनाउँदै – अध्यक्ष बुढा

मालश्री खबर
मालश्री खबर २ जेष्ठ २०८०, मंगलवार
6 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर जेठ २ गते रोल्पा ।

परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरले जनतासँग अध्यक्ष संवाद कार्यक्रमलाई प्रभावकारी बनाउँदै जानु भएको छ ।

परिवर्तन गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय पुतलाचौरको आयोजनामा अध्यक्ष बुढा मगरले परिवर्तन गाउँपालिका–५ राङ्कोटको छड्के धुरी टोल विकास संस्थाको बर्खेडाँडामा मंगलबारका दिन त्यहाँका आम नागरिकहरुसँग संवाद गर्नु भएको हो ।

   

- Advertisement -
Ad image

चुनावको समयमा मात्र आम नागरिकको घरदैलोमा आउने र चुनाव पछी कोही पनि नआउने भन्ने आमा नागरिकको गुनासोलाई सम्बोधन गर्नका लागि आफू यसरी वडाका टोल–टोलमा जनतासँग गाउँपालिका अध्यक्ष संवाद कार्यक्रम लगेर गइरहेको पालिका अध्यक्ष सुक बहादुर बुढा मगरको भनाइ रहेको छ । परिवर्तन गाउँपालिका–५ राङ्कोटमा भएको संवाद कार्यक्रममा सहभागीहरुले विद्युत, खानेपानी, भलिबल खेलकुद मैदान, स्कुलको घेरबार, खानेपानीको संरचनाको घेरबार र प्रधानमन्त्री रोजगार कार्यक्रमका बारेमा जिज्ञासा राखेका थिए ।

सहभागीहरुको जिज्ञासालाई जवाफ दिदै वडा कार्यालयको तर्फबाट परिवर्तन गाउँपालिका–५ का वडा अध्यक्ष दिल बहादुर वलीले आफ्नो वडामा केही काम सम्पन्न भइसकेको र केही काम सम्पन्न हुन बाँकी रहेको समेत बताउनुभयो।वलीले केही सम्पन्न नभएका काम आगामी आर्थिक बर्ष २०८०÷०८१ मा निरन्तरता दिने र थप योजनाहरु पनि प्राथमिकतामा राख्ने समेत बताउनुभयो ।

उनले भने “मैले पनि जनतासँग वडा अध्यक्ष कार्यक्रम सुरु गरेको छु, जनताका गुनासोलाई पत्यक्ष सुन्नको लागि यस्तो कार्यक्रमको आयोजना गरेको छु र त्यसको लागि ६ वटा टोलमा पुगेर कार्यक्रम गरिसकेको समेत बताउनुभयो।परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरले सहभागीहरुले राखेका जिज्ञासा माथि जवाफ दिदै आफ्नो पहिलो प्राथमिकता शिक्षा र स्वास्थ्य भएको बताउनुभयो । बुढा मगरले शिक्षामा आमूल परिवर्तन हुनुपर्ने बताउनु भएको छ,जसमा शिक्षाको क्वालिटी,व्यावहारक मूखी र प्रद्धिसपर्धी गर्न सक्ने विद्यार्थीहरु उत्पादन गर्नुपर्ने बताउनुभयो । त्यसका लागि एउटा व्यक्ति मात्र नभएर विद्यार्थीको अभिभावक र समाज लाग्नुपर्नेमा जोड दिनु भएको छ ।

उनले भने “हामीले गाउँपालिकाले खर्च बेहोर्ने गरेर परिवर्तन गाउँपालिका भित्रका विद्यार्थीका लागि एमबिबिएस पढाईका लागि आवेदन खुलाएका थियौं कुनै पनि विद्यार्थीको आवेदन परेन“बुढा मगरको भनाइ रहेको छ।त्यस्तै विज्ञान संकायमा जम्मा ११ र १२ कक्षा गरि २१,२२ जना मात्र भएको समेत बताउनुभयो।दुई बर्ष भित्र १५ शैयाको अस्पताल निर्माण हुने र त्यसमा आफ्नो पालिका भित्रकै एमबिबिएस डाक्टर राख्नका लागि कोही पनि नभएको र बाहिरबाट पनि आउन नमान्ने गरेको समेत बताउनुभयो ।

परिवर्तन गाउँपालिकामा दुई प्रकारको विद्यालय भएको बताउदै एउटा विद्यालय संस्थागत र अर्को विद्यालय सामुदायिक भएको समेत बताउनुभयो।संस्थागतमा शुल्क महगो भएकोले बताउँदै परिवर्तन गाउँपालिकामा यो बर्ष देखि सामुदायिक विद्यालयहरुमा भर्ना शुल्क निःशुल्क बनाएको समेत बताउनुभयो ।

स्वास्थ्यमा पनि हामीले धेरै सुधार गर्ने कुरा गरेका छौं “ जसमा सेवा प्रबाहमा पहुँच साठी बर्ष देखि माथिका बृद्धाहरुको लागि स्वास्थ्य चेकजाँच र बालबालिकाहरुको लागि खोपको पहुँच रहेको समेत बताउनुभयो । स्वास्थ्य राम्रो भएपछी मात्र सबै कार्य गर्न सकिने त्यसको लागि स्वस्थ हुनुपर्ने कुरा जोड दिनु भएको छ ।

परिवर्तन गाउँपालिकामा भौतिक रूपमा अहिले धेरै सुधार भएको बताउँदै परिवर्तन गाउँपालिकाले आफ्नै मेसिन खरिद गरेर काम गरेको समेत बताउनुभयो । अहिले पालिकाले आफ्नै मेसिनले काम गर्दा समिति गठन गरेर काम गर्ने वातावरणको अन्त्य हुनुको साथै समिति गठन प्रक्रियाको समस्या काम भएको समेत बताउनुभयो । अब परिवर्तन गाउँपालिकाले अनायासी बाटो नखन्ने समेत बताउनु भएको छ ।

उनले आफ्नो कार्यकालमा आफ्नो पालिका भित्रपर्ने सहिद मार्ग अन्तरगत दुईखोली देखि करिबोट सम्मको सडक पिच सहितको कालोपत्र गर्ने गरी अगाडि बढेको र अर्को दुईखोली देखि चुन्बाङ सम्मको सहिद मार्ग सडक पनि स्तरउन्नतिका लागि टेन्डर प्रक्रिया सुरु हुने क्रममा रहेकोले सम्झौता भइ ठेक्का प्रक्रियाबाट केही समयमै अगाडि बढ्ने“समेत बताउनुभयो । कृषिमा अब प्रम्परागत शैलीबाट अगाडि नबढ्ने बताउदै उनले भने“प्रविधिसँग उत्पादन मुखी,व्यावसायिक मुखी र जीवन निर्वाह मुखी कार्यमा जोड दिनुपर्ने “बताउनुभयो।त्यसका लागि कृषकहरु उत्पादनमा जोडिनुपर्ने र उत्पादनको जिम्मा गाउँपालिकाले लिने समेत बताउनुभयो।युवालाई लक्षित गरेर कार्यक्रम लिएको बताउंँदै युवा लक्षित कार्यक्रमका लागि बजेट समेत विनियोजन गरेको समेत बताउनुभयो । अब पालिकाले अनुदान नदिने र केही गर्ने युवालाई ब्याज लिने गरेर ऋण दिने समेत बताउनुभयो ।

खेलकुद क्षेत्रमा पनि अब अनायासी मेला लगाउने कार्यलाई पनि नियन्त्रण गर्नुपर्नेमा आफूहरू रहेको बताउनुभयो।मेला लगाउनका लागि युवा समूह,युवा क्लब अनिवार्य गाउँपालिकामा दर्ता भएको हुनुपर्छ र मेला लगाउँदा गाउँपालिकाबाट अनिवार्य रूपमा अनुमति लिनुपर्ने समेत बताउनुभयो।अनायासी मेला लगाउँदा विद्यार्थीको पढाईलाई असर पर्नुका साथै विद्यालयलाई समेत असरपर्ने देखिएकोले त्यसलाई नियन्त्रण गर्नु अहिलेको आवश्यकता भएको समेत बताउनुभयो । खेलकुदको विकास तल्लो स्तरबाटै हुने भएकोले वडा–वडाका खेलाडीहरुलाई प्रद्धिसपर्धा गराएर यहीँबाटै प्रदेशमा पु¥याउन सकिन्छ त्यसको लागि गाउँपालिका लगानी गर्न र सहयोग गर्न तत्परता रहेको समेत बताउनुभयो ।

द्वन्द्व प्रभावित परिवारलाई सधैं राज्यले ध्यान दिनुपर्ने र संघीय गणतन्त्र ल्याउनमा उहाँहरुको महत्त्वपूर्ण योगदान र सहयोग रहेकोेले राज्यले त्यस्ता परिवारलाई बिर्सन र अपमान गर्न नहुने समेत बताउनुभयो । सामाजिक अभियान अन्तरगत बालबिवाह र मदिरा नियन्त्रण अभियानलाई पनि थप प्रभावकारी ढंगका साथ अगाडि बढाउने समेत बताउनुभयो । उनले परिवर्तन गाउँपालिका सन २०३० सम्म बाल बिवाह अन्त्य गर्ने लक्ष्य अनुसार अगाडि बढिरहेको र आफ्नो पालिकामा केही नियन्त्रण भएको समेत बताउनुभयो । अहिले युवाहरु मदिरा सेवनमा लागि रहेकोले त्यसलाई नियन्त्रण गर्नका लागि समाज,अभिभावक र स्वयं व्यक्ति सजग हुनुपर्ने कुरालाई जोड दिनु भएको छ ।

खानेपानीमा अहिले “एक घर,एक धारा“ को अभियान चलिरहेको बताउदै अबको केही समयमा हामीले कस्तो पानी पिउने गरेका छौँ भनी सुरक्षित खानेपानी मापनको अभियान चलाउने समेत बताउनुभयो । जनतासँग गाउँपालिका अध्यक्ष संवाद कार्यक्रम २०७९ फागुन २ गतेदेखि सुरु भएको थियो । उतिबेला परिवर्तन गाउँपालिकाको ६ वटै वडामा सुरु भएको थियो । कार्यक्रमको सञ्चालन परिवर्तन गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तथा परिवर्तन गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय दिपक घर्ती मगरले गरेका थिए । जनतासँग गाउँपालिका अध्यक्ष संवाद कार्यक्रम परिवर्तन गाउँपालिकाको अन्य वडामा पनि सञ्चालन हुने परिवर्तन गाउँपालिकाले बताएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्