Ad image

उपाध्यक्ष बुढाद्धारा नेकपा माआवादी केन्द्र परित्याग

मालश्री खबर
मालश्री खबर २ जेष्ठ २०८०, मंगलवार
2 Min Read
Aa

मालश्री खबर, जेठ २ गते, रोल्पा ।

नेकपा माओवादी केन्द्र माडी गाउँपालिका वडा नम्बर २ संगठन कमिटीका उपाध्यक्ष मधु सुधन बुढाले पार्टी परित्याग गर्नु भएको छ । मधु सुधन बुढा सोमबार एक प्रेस बिज्ञप्ति मार्फत आफुले नेपाल कम्यिुनिष्ट पार्टी माओवादी केन्द्र परित्याग गरेको घोषणा गर्नु भएको छ ।

बिज्ञप्तिमा बुढाले आफुले पाएको वडा कमिटीको उपाध्यक्ष पद बाट र पार्टीको सदस्यता लगायत पाटीको सम्पुर्ण जिम्मेवारीबाट राजिनामा सहित पार्टी परित्याग गरेको विज्ञप्ति मार्फत घोषणा गर्नु भएको छ ।

- Advertisement -
Ad image

बुढाले जारी गरेको प्रेस बिज्ञीप्तमा भनिएको छ, पछिल्लो समय पार्टीको सिद्धान्त र संगठनको मर्म भन्दा नेता, कार्यक्रर्ताको कर्म नितान्त फरक हुंदै गएको, पार्टी भित्र व्यक्तिगत महत्वकांक्षा हावी हुंदै गएको, गुटबन्दी, एक अर्कालाई स्विकार नर्गनु र पार्टीलाई स्वार्थको निम्ती भ¥याङ बनाएको भन्दै आफु अब सो पार्टीमा बस्न नसक्ने बताउनु भएको छ । “पार्टी भित्रको गलत संस्कार, व्याबहार, प्रवृत्तिलाई मेरो स्वाभिमानले स्वीकारेन । जसलाई सुधार गर्न मेरो बसले भ्याएन र हुन सक्ने संंभाबना नदेखेपछी आफु अलग हुनु उत्तम हो भन्ने निश्कर्षमा पुगे । समाजका लागि स्वतन्त्र चिन्तन र सामुदाय संगै हातेमालो गदै समाज र राष्ट्रको सेवामा लाग्नु नै उत्तम हुने अनुभुत गरेको छु ।

मेरो समुदायको भलो भए मात्र परिस्कृत समाजमा मेरो पनि कल्याण हुन सक्ने कुरा बुझेको छु । स्वतन्त्र रुपमा आफ्नो विवेक र क्षमताले भ्याएसम्म समाज र राष्ट्रहितमा काम गर्ने नै छु । सिद्धान्तमा प्रतिबद्ध जुनसुकै पाटीप्रति मेरो पुर्वग्रह हुने छैन । सकारात्मक कार्यमा मेरो जो सुकैसंग सहकार्य हुने छ । व्यक्ति, समुह, संघसंस्था र पाटीका सही बिचारलाई सकारात्मक रुपमा समर्थन गर्दछु र गलत प्रवृति प्रती मेरो खबरदारी रहिरहने उल्लेख गरिएको छ ” । विज्ञप्ति भनिएको छ साथै बुढाले आफुलाई उक्त स्थान सम्म पु¥याउनको लागी साथ, सहयोग, समर्थन गर्नु हुने सम्पुर्णलाई धन्यावाद समेत दिनु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्