Ad image

नेपाली कांग्रेसको लुम्बिनी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम स्वर्गद्धारीमा सम्पन्न

मालश्री खबर
मालश्री खबर १ जेष्ठ २०८०, सोमबार
1 Min Read
Aa

उमा बस्नेत/ मालश्री खबर, जेठ १ गते, रोल्पा । 
नेपाली कांग्रेसको लुम्बिनी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । वैशाख २९ देखी ३१ गते ३ दिन सम्म सञ्चालन भएको कार्यक्रम आइतबार स्वर्गद्धारीमा सम्पन्न भएको हो । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको आयोजनामा कार्यक्रम सञ्चालन गरीएको हो । प्रदेश प्रशिक्षण विभाग तथा जिल्ला प्रशिक्षण शाखा पदाधिकारी एवम् सदस्यहरुका लागि कार्यक्रमको आयोजना गरीएको बताइएको छ ।

नेपाली कांग्रेसको एैतिहासिक पृष्ठभूमी, नीति तथा सैद्धान्तिक विषय, नेपाली राजनैतिक आन्दालममा कांग्रेसले खेलेको नेतृत्वदायी भूमिका, पार्टीले अवलम्बन गरेको पराराष्ट्र नीति, सांगठनिक परिवेश, कांग्रेसको संगठन सशक्त बनाउनका लागि आवश्यक पर्ने बर्तमान प्रविधि लगाएतका विषयमा तीन दिन सम्म प्रशिक्षण दिईएको हो । नेपाली कांग्रेसका केन्द्रिय सदस्य मधु आचार्य, गुरुराज घिमिरे, बिरेन्द्र शाह, तिर्थ पौडेल लगाएतका नेताहरुले कार्यक्रमा प्रशिक्षण दिनु भएको थियो ।

समापन कार्यक्रमका प्रमुख अतिथी नेपाली कांग्रेसका केन्द्रिय सदस्य मधु आचार्यले तीन दिन सम्म संचालन भएको यो कार्यक्रमले लुम्बिनी प्रदेशको संगठनलाई बलियो बनाउनको लागि आधार प्रदान गर्ने बताउनु भएको छ । साथै २०८४ सालको चुनाबमा लुम्बिनी प्रदेशबाट कांग्रेसको बहुमत हुने गरी आफ्ना नीति तथा कार्यक्रम तयार परी अगाडी बढ्नको लागि पनि सम्पुर्ण नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको भयो ।

- Advertisement -
Ad image

 

प्रतिक्रिया दिनुहोस्