Ad image

रुन्टीगढी गाउँपालिका वडा नं १ मा प्रथम वडा अध्यक्ष कप सञ्चालन हुदै

मालश्री खबर
मालश्री खबर १ जेष्ठ २०८०, सोमबार
1 Min Read
Aa

कमल खड्का

मालश्री खबर जेठ १ गते, रोल्पा ।

रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं १ ले वडा अध्यक्ष कप खेलकुद सञ्चालन गर्न लागेको छ । वडाले सञ्चालन गर्न लागेको कप प्रथम वडा अध्यक्ष कप हो । वडा नं १ को लिवाङ्गी आपँमा सञ्चालन हुन लागेको उक्त कपमा विभिन्न खेल्कुद तथा सास्कृतिक कार्यक्रमहरु गरिने भएको छ ।

- Advertisement -
Ad image

रुन्टीगढी गाउँपालिका वडा नं १ को आयोजनाममा हुन लागेको कपको बजेट १ लाख ६० हजार रहेको छ । बिभित खेलकुद कार्यक्रमको बार्षिक बजेटबाट छुट्याइएको रकम बाट कप सञ्चालन गर्न लागेको वडा न १ का अध्यक्ष थमबहादुर घर्तीले जानकारी दिनु भएको छ । आज बिहान ११ बजे बाट उद्घाटन गरिने कपको सम्पूर्ण तयारी पुर्ण रुपमा भई सकेको त्यहाँबाट वडा नम्बर १ का वडा सदस्य बुद्धिलाल वलीले जानकारी दिनु भएको छ ।

कार्यक्रम वडा नम्बर १ को वडा कार्यालयको प्राङ्गणमा हुने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array