Ad image

दलितहरुको सीपलाई अब राज्यले ध्यान दिनु पर्दछ – पुर्ब मुख्यमन्त्री केसी

मालश्री खबर
मालश्री खबर ३१ बैशाख २०८०, आईतवार
3 Min Read
Aa

मालश्री खबर वैशाख ३१ गते, रोल्पा ।

लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले दलितहरुको परम्परागत वाध्यवादन पेशालाई अब २१ औँ शतावन्दीमा आम समुदायको पेशा तथा व्यावसायीको रुपमा बनाउँदै रोजगारको क्षेत्र बनाउनु पर्ने बताउनुभयो ।

नेपाल राष्ट्रिय दलित सग्रालय रोल्पाको आयोजनमा भएको परम्परागत संगीत साम्राग्री निर्माण तथा पञ्चेबाजा बजाउने तालिमको उद्घाटन गर्दै शनिबार रोल्पाको कोटगाउँमा सो कुरा बताउनुभएको हो ।

  

- Advertisement -
Ad image

पुर्व मुख्यमन्त्री केसीले जनयुद्धको केन्द्र रोल्पा भएकोले गर्दा रोल्पामा छनौट गरेर नै राष्ट्रिय दलित संग्रालय निर्माणका लागि आफूहरुले पहल थालेको बताउनुभयो । रोल्पा जिल्लामा आफूहरुले पहिले नै क्रान्तिको आधारभूमि तयार गर्दा नै जातिय छुवाछुतलाई अन्य गरिएकोले पनि पछिल्लो चरणमा यस प्रकारको कार्य नमूना भएको बताउनुभयो । विगतमा दलितहरुलाई परम्परागत सीपहरुकै आधारमा राज्यले विभेद गरेको बताउँदै अब त्यस प्रकारको अवस्था नभएको बताउनुभयो । उहाँले त्यसका संरक्षण, विकास र समृद्धिका लागि राज्य नै लाग्नु पर्ने बताउनुभयो ।

केसीले दलितहरुको परम्परागत सीप कलाको संरक्षण राज्यले गर्नुपर्ने बताउँदै त्यसका लागि आफ्नो कार्यालयबाट बजेट प्रदान गरिएको बताउनुभयो । उहाँले राजनीतिक क्रान्तिहरुमा कालो बादल मडारिएको बताउँदै त्यसलाई हल गर्नका लागि पनि दलित समुदाय एक हुनु पर्ने बताउनुभयो । बदलिएको अवस्था अनुसार सीप, कला, पेशलाई संरक्षण गरी पुजीको रुपमा विकास गरी अगाडि बढाउनु पर्ने उल्लेख बताउनुभयो ।

 

तालिलाई तामिम झै बनाउनको लागि सबैको सहकार्यमा तालिमलाई प्रभावकारी रुपमा अगाडि बढाउनको अपिल गर्नुभयो । तालिमबाट धेरै मानिहरु दक्ष बनाउँदै रोजगारमुखी बनाउनु पर्ने बताउनुभयो । उहाँले तालिम तालिम मात्रै नभएर भावना, विचार, दृष्टिकोण र सामूहिको समेत सकरात्मक अभ्यास हुने बताउनुभयो । आफूले भवन निर्माणका लागि लुम्बिनी प्रदेशभित्रमा २ वटा सग्रालयलाई मात्रै बजेट प्रदान गरिएकोले गदाँ आगामी दिनमा समेत बजेट प्रदान गरिने बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय रोल्पाका प्रमुख सीता आचार्य, रोल्पा नगरपालिका प्रमुख सुरेन्द्र थापा घर्तीमगर, जिल्ला समन्वय उप प्रमुख कर्मचाल परियार लगायतले तालिमको शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) रोल्पाका अध्यक्ष गुणेन्द्र, दलित अधिकारकर्मी टिकाराम नेपाली, नेकपा (माओवादी केन्द्र) रोल्पा नगरपालिकाका अध्यक्ष फविन्द्र आचार्य, नेपाल दलित मुक्ति मोर्चाका प्रदेश समिति सदस्य खड्गलाल पाध्यौटी, गैर सरकारी सँस्थाका महासघ प्रदेश समितिका सचिव अर्जुन डाँगी, नेपाल पत्रकार महासंघका अध्यक्ष नविन लोचन, सामुदायिक रेडियो जलजलाका स्टेशन म्यानजेर देवी गुरुङ, रोल्पा समाचारका खुमहादुर लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रम राष्ट्रिय संग्रालय रोलपाका अध्यक्ष मानसिंह विश्वकर्माको अध्यक्षतामा भएको थियो । कार्यक्रम सञ्चालन सचिव दामोदर विकले सञ्चालन गर्नुभएको थियो भने स्वागत उपाधयक्ष रेश सुनारले गर्नुभएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्

Array