Ad image

रोल्पामा ट्याक्टर दुर्घटना, चालक घाइते

मालश्री खबर
मालश्री खबर ३० बैशाख २०८०, शनिबार
1 Min Read
Aa

उमा बस्नेत
मालश्री खबर वैशाख ३० गते, रोल्पा ।

रोल्पामा ट्याक्टर दुर्घटना भएको छ । आज (शनिबार) विहान साढे १० वजे रोल्पा नगरपालिका वडा नम्बर २ सात्ताले खोला साई मन्दिर नजिकै ट्याक्टर दुर्घटना भएको छ । लु १ त ६२५ नम्बरको सडक निर्माणको लागि वालुवा बोकेको ट्याक्टर ओभरलोड भई दुर्घटना भएको बताईएको छ ।

दुर्घटनामा परी ट्याक्टर चालक रोल्पा नगरपालिका वडा नम्बर ९ ह्वामाका मनिस वि.क घाइते भएका छन्  । वि.क लाई स्वास्थ्य कार्यालय रोल्पामा उपचारको लागि लगिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका ईनिस्पेक्टर रामनारायण गुप्ताले जानकारी दिनुभएको छ । घाईत वि.कको शरीरका विभिन्न भागमा चोटलागेको छ । कच्चि सडकबाट ट्याक्टर करिव १५ मिटर तल खसेको छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array