Ad image

रोल्पाको लिबाङमा यामाहा सोरुमको उद्धघाटन

मालश्री खबर
मालश्री खबर २९ बैशाख २०८०, शुक्रबार
1 Min Read
Aa

मालश्री खबर वैशाख २९ गते, रोल्पा ।
रोल्पाको लिबाङमा यामाहा कम्पनीको मोटरसाइकल र स्कुटरको सोरुमको आज एक कार्यक्रमका बिच उद्धघाटन गरिएको छ । यामाहा कम्पनीको मोटरसाइकल र स्कुटरको सोरुमको उद्धघाटन कमला श्रेष्ठले रिवन काटेर गर्नु भएको हो श्रेष्ठ अटो वर्कशप यामाहा सोरुमका सञ्चालक राजन श्रेष्ठले जानकारी दिनु भएको छ । उद्धघाटन कार्यक्रममा यामाहा कम्पनि प्रधान कार्यालय काठ्मांडौ बाट मिलन थापा को पनि आतिथ्यता रहेको बताइएको छ ।


यामाहाका मोटरसाइकल तथा स्कुटरप्रतिको बढ्दो मागलाई मध्यनजर गर्दै रोल्पाको लिवाङमा नँया श्रेष्ट अटो वर्कशप यामाहा सोरुम सञ्चालनमा आएको हो । श्रेष्ट अटो वर्कशप यामाहा सोरुम सञ्चालनमा आएको सोरुम मार्फत ग्राहकले सेल्स, सर्भिस र स्पेयर पार्टस्का साथै एक्सचेन्ज र स्पट फाइनान्सको सुविधासमेत पाउने श्रेष्ठ अटो वर्कशप यामाहा सोरुमका सञ्चालक श्रेष्ठले जानकारी दिनु भएको छ ।

नयाँ सोरुम व्यवस्थित र ग्राहकमैत्री भएर सेवा प्रबाह गर्ने श्रेष्ठले बताउनु भयो। लिवाङमा यामाहाको सोरुम संचालनमा आए पछि यामाहाप्रति ग्राहकको विश्वासलाई थप बलियो बनाएको बताउनु भयो । यामाहाका बिभिन्न सिसिका मोटरसाइकल र स्कुटरको एक्सचेन्ज र फाइनान्सको पनि सुविधा रहने संचालक श्रेष्ठले बताउनु भएको छ । आगामी दिनमा मोटरसाइकल सोरुम सेवालाई बिस्तार गरेर अन्य कम्पनीका मोटरसाइकलको पनि सोरुम संचालनमा ल्याउने श्रेष्ठले बताउनु भएको छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array