Ad image

रोल्पा बहुप्राविधिक शिक्षालयले सेवा करार संघर्ष समिति गठन ग¥यो

मालश्री खबर
मालश्री खबर २९ बैशाख २०८०, शुक्रबार
1 Min Read
Aa

उमा बस्नेत

मालश्री खबर वैशाख २९ गते, रोल्पा ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सेवा करार केन्द्रीय संघर्ष समितिले गरेको निर्णयमा रोल्पा बहुप्राविधिक शिक्षालयले पनि एक्यद्धता जनाएको छ ।

- Advertisement -
Ad image

सेवा करार केन्दीय संघर्ष समितिले विभिनन ४ बुँदे माग राख्दै देशव्यापी रुपमा उक्त कार्यक्रम गर्दै आएको छ । सोहि अनुसार रोल्पा बहुप्राविधिक शिक्षलय रोल्पा नगरपालिका वडा नम्बर १ मेवाले पनि सेवा करार संघर्ष समिति गठन गरेको छ ।

आज (शुक्रबार) २४ सदस्यीय सेवा करार संघर्ष समिति गठन गरीएको हो । डाक्टर सन्जिब आचार्यको संयोजकत्वमा उक्त समिति गठन गरीएको बताइएको छ ।

उक्त प्राविधिक शिक्षालय क्षेत्रमा सेवा करार केन्दीय संघर्ष समितिले लेखेका मागहरु भएको व्यानर झुन्ड्याउने र प्रत्येक सेवा करार कर्मचारीहरुले हातमा कालो पट्टी बाधेर विरोध गर्ने र अन्य निर्णयहरुलाई क्रमश निरन्तरता दिने गरी विरोध कार्यक्रमको तय गरेको सेवा करार संघर्ष समितिका संयोजक डाक्टर सन्जिब आचार्यले रेडियो मालश्रीलाई जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array