Ad image

लम्पी स्किन नियन्त्रणकोलागि त्रिवेणी गाउँपालिकाले वडा वडामा पशु प्राबिधिक खटायो

मालश्री खबर
मालश्री खबर २९ बैशाख २०८०, शुक्रबार
1 Min Read
Aa

मालश्री खबर वैशाख २९ गते, रोल्पा ।

त्रिवेणी गाउँपालिकाले लम्पी स्किन डिजज रोगको नियन्त्रणको लागी ७ वटै वडामा पशु प्राबिधिकहरु खटाइरहेको छ । धेरै ठाउँमा तिब्र गतिमा फैलिरहेको लम्पी स्किन रोग त्रिवेणी गाउँपालिका भित्रका बिभिन्न स्थानमा पनि तिब्र गतिमा फैलिरहेको छ । धेरै पशु चौपाया बिरामी भएको अवस्था छ ।

तिब्र गतिमा फैलिएको लम्पी स्किन रोगलाई नियन्त्रण गर्नको लागी त्रिवेणी गाउँपालिकाले नियन्त्रणको अभियान थालेको छ । त्रिवेणी गाउँपालिकाका पशु प्राबिधिकहरु र त्रिवेणी गाउँपालिकाले स्करसिपमा भेटेरेनरी पढाइरहेको बिद्यार्थीहरुलाई वडा वडामा खटाएको छ । विद्यार्थीहरुलाई खटाए बापत भत्ताको पनी व्यबस्था गरेको छ ।

- Advertisement -
Ad image

गाउँपालिका भित्र गाई बस्तुमा लम्पी स्किन रोगको समस्या देखिएमा वडा कार्यालय वा पशु प्रबिधिकलाई सम्पर्क गर्न त्रिवेणी गाउँपालिकाले अनुरोध गरेको छ ।

लम्पी स्किन रोगको संक्रमण देखिएमा उच्च ज्वरो आउने, खानामा रुची घट्ने, दुध उत्पादन घट्ने, शरिरमा गिर्खा आउने जस्ता लक्षण देखिने भएकोले यस्तो समस्या पशु चौपायामा देखिएमा वडा कार्यालय वा गाउँपालिकाका पशु प्रबिधिकहरु संग सम्पर्क गर्न त्रिवेणी गाउँपालिकाका प्रेश संयोजक अमृत वलीले जानकारी दिनु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्