Ad image

रोल्पा नगरपालिकाको प्रशासकीय भवनको पुर्व सभामुख महराद्धारा शिलान्यास

मालश्री खबर
मालश्री खबर २८ बैशाख २०८०, बिहीबार
2 Min Read
Aa

मालश्री खबर वैशाख २८ गते, रोल्पा ।

रोल्पा नगरपालिकाको प्रशासकीय भवनको एक कार्यक्रकका बिच शिलान्यास गरिएको छ । भवनको पुर्व सभामुख कृष्ण बहादुर महराले गर्नुको बताइएको छ । रोल्पा नगरपालिका वडा न. २ पिपल चौतारा नजिकै निर्माण हुन लागेको भवन निर्माणको जिम्मा तक्सार जलजला छाँया, जेभी लिबाङ रोल्पाले पाएको रोल्पा नगरपालिका प्रमुख प्रसासकिय अधिकृत महेन्द्र पराजुलीले रेडियो मालश्री र मालश्री खबरलाई जानकारी दिनु भएको छ । भवन निर्माणको लागि कुल १३ करोड, ४५ लाख, ७० हजार, ६ सय ४८ रुपैँया रहेको छ ।

भवन सम्झौता भएको मितीले २०८१ साल फाल्गुण २८ गते सम्म सम्पन्न गर्नको लागी निर्माण कम्पनि सँग सम्झौता भएको समेत प्रमुख प्रसासकिय अधिकृत पराजुलीले बताउनु भएको छ । निर्माण कम्पनिले सम्झौता समय भित्र भवन निर्माण गर्न सकेमा निर्माण कम्पनिलाई इन्सेन्टिभ लाभ स्वरुप ७५ लाख थप रकम प्राप्त हुने जानकारी दिनु भएको छ ।

- Advertisement -
Ad image


भवनको लागी अघिल्लो नगर प्रमुख पुर्ण केसिको कार्यकालका १ करोड १७ लाख ९९ हजारमा जग्गा खरिद गरिएको थियो । भवन निर्माणमा पचास प्रतिशन स्थानिय सरकारको र पचास प्रतिशत संघिय सरकारको लागानी हुने समेत बताइएको छ । रोल्पा नगरपालिका प्रमुख सुरेन्द्र थापा घर्तिमगरको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा संघिय सरकारका पुर्ब सभामुख कृष्णबहादुर महरा रहनु भएको थियो ।
रोल्पा नगरपालिका उपमेयर गिता आचार्यको स्वागत मनतव्य बाट सुरु भएको शिलान्यास कार्यक्रमको सञ्चालन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र पराजुलीले गर्नु भएको थियो । कार्यक्रममा जिल्लामा क्रियाशिल बिभिन्न राजनैतिक दलका प्रमुख प्रतिनिधी, पत्रकार, सरक्षाकर्मि, बिभिन्न सरकारी गैर सरकारी कार्यालयका प्रमुख प्रतिनिधी लगाएको आतिथ्यता रहेको थियो ।

   

प्रतिक्रिया दिनुहोस्

Array