Ad image

परिवर्तन गाउँपालिकामा कार्यपालिका सदस्यको मृत्यु,एक दिन शोक बिदा दिने निर्णय

मालश्री खबर
मालश्री खबर २६ बैशाख २०८०, मंगलवार
1 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर
मालश्री खबर बैशाख २६ गते, रोल्पा।

परिवर्तन गाउँपालिका कार्यपालिकाका सदस्यको भिरबाट लडेर मृत्यु भएको छ।परिवर्तन गाउँपालिका वडा नं.२ राङ्सीका महिला सदस्य तथा गाउँकार्यपालिका सदस्य विष्णु राना (पुन) को बैशाख २६ गते करिब बिहान ७ बजे सामाजिक काम सकेर घरतिर फर्किदै गर्दा भिरबाट लडेर मृत्यु भएको हो । घटना भएको खबर पाउन साथ ईलाका प्रहरी कार्यालय घर्तिगाउँको टोली मृतक वडा सदस्य विष्णु राना (पुन) को भिरबाट लडेको घटना स्थलमा पुगि प्रहरीले मुचुल्का उठाएको र पोस्टमार्टमको लागि जिल्ला अस्पताल रेउघा लगिएको छ ।

परिबर्तन गाउँपालिकाले कार्यपालिकाको सदस्यको असामहिक निधन भएकोले बैशाख २७ गतेका दिन परिवर्तन गाउँपालिका भित्रका सबै वडा कार्यालय,सम्पूर्ण विद्यालय,सरकारी तथा गैरसरकारी संस्था लगायतलाई परिबर्तन गाउँपालिकाले एकदिन शोक बिदा दिने निर्णय भएको परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरले जानकारी दिनु भएको छ ।बैशाख २६ गते बसेको कार्यापालिकाको बैठकको निर्णय अनुसार बैशाख २७ गते शोक बिदा दिने निर्णय गरिएको परिवर्तन गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ध्रुबराज न्यौपानेद्वारा हस्ताक्षरित शोक वक्तव्यमा जनाइएको छ । परिबर्तन गाउपालिकाका प्रवक्ता तथा परिवर्तन गाउँपालिका -२ का वडा अध्यक्ष हरिप्रसाद बुढा मगरले आफ्नो वडा एक महत्त्वपूर्ण व्यक्ति गुमाएको बताउँदै सिङ्गो वडा कार्यालय र गाउँपालिका शोकमा डुबेको समेत बताउनु भएको छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array