Ad image

घर्तीगाउँमा विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न, ७१८ जनाले लिए सेवा

मालश्री खबर
मालश्री खबर २३ बैशाख २०८०, शनिबार
2 Min Read
Aa

मालश्री खबर वैशाख २३ गते, रोल्पा ।

रोल्पाको घर्तीगाउँमा विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएकोे छ । आज (शनिबार) माडी गाउँपालिकाको घर्तीगाउँमा स्वास्थ्य शिविर भएको आयोजकले जानकारी दिएको छ ।

गोर्खा पब्लिक हस्पिटल प्रा.लि. दाङ र सत्प्रयास समूह रोल्पाको संयुक्त आयोजनामा विशेषज्ञ डाक्टरहरुको उपस्थितिमा निःशुल्क स्वास्थ्य शिविर संचालन भएको हो ।

- Advertisement -
Ad image

शिविरमा जम्मा ७१८ जनाले सेवा लिएका छन् । जसमा महिलाको संख्या ५५४ र पुरुषको संख्या १६४ रहेको छ । शिविरमा हाडजोर्नी सम्बन्धि समस्या भएका १०९ जना, प्रसुती तथा स्त्री रोगाका विरामी १६१ जना, बाल रोगका १०३ जना, जनरल ओपिडी सेवा लिने ३४५ रहेको आयोजकले बताएको छ । त्यस्तै २०६ जनाले ल्याब सेवा लिएका छन् । भिडियो एक्सरे सेवा भने ११९ जनाले लिएका छन् भने ४०८ जनाको रक्तचापको चेकजाँच गर्दा ७५ जनामा उच्च रक्तचाप रहेको देखिएको छ । शिविरमा ११ जना सुगरका रोगी देखिएका छन् ।

अन्य रोगका संकास्पद विरामी १८ जनामा देखिएको बताईएको छ । शिविरमा माडी गाउँपालिका, परिवर्तन गाउँपालिका, गंगादेव गाउँपालिका, थवाङ गाउँपालिका र रोल्पा नगरपालिकाबाट चेकजाँचको लागि सहभागी भएको सत्प्रयास समुह रोल्पाले जनाएको छ । बिहान ८ बजेदेखि अपराहन्न ४ बजे सम्म शिविर सञ्चालन भएको थियो ।

शिविरमा हाडजोर्नी तथा नशारोग विशिषज्ञ डाक्टर सोमबहादुर आले, प्रसूति तथा स्त्रीरोग विशिषज्ञ डाक्टर रमेश यादव, बालरोग विशिषज्ञ डाक्टर कुबेरकुमार रेग्मी, मेडिलक अधिकृत डाक्टर संगम डी.सी, रेश्मा घर्तिमगर, तिलक डाँगी र देवराज गिरी लगाएतले सेवा प्रदान गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

Array