मालश्री खबर वैशाख २३ गते, रोल्पा ।
राप्ती इन्जिनियरीङ कलेज दाङले प्राध्यापकहरुको लागि शैक्षिक गुणस्तर अभिवृद्धि विषयक अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
आज (सनिबार) राप्ती इन्जिनियरीङ कलेज दाङमा व्याचलर तर्फ विल्डिङ इलेक्टिसिएन सिभिल र वि सि ए कार्यक्रममा स्पीङ २०२२ मा अध्यापन गराउने प्राध्यापकहरुको लागि शैक्षिक गुणस्तर अभिवृद्धि विषयक अभिमुखिकरण कार्यक्रम गरेको हो ।
कार्यक्रमको अध्यक्षताको रुपमा राप्ती इञ्जिनियरीङ कलेजका व्यवस्थापन समिति अध्यक्ष एवं प्रबन्ध निर्देशक डा. भीमसेन गिरीको रहनु भएको थियो । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय घोराही का ई. नुटन आचार्यले सहजीकरण गर्नुभएको थियो ।
नुटन आचार्यले प्रस्तुतीकरण शैली, सहजकर्ता, सहजीकरण प्रक्रिया, सहजकर्ताको भूमिका, सहजीकरण शैली, विभिन्न प्रकारका सहभागीहरू सँग गरिने व्यवहारको बारेमा प्रशिक्षण दिनु भएको थियो ।
समिति अध्यक्ष एवं प्रबन्ध निर्देशक डा.भीमसेन गिरीले प्रभावकारी शिक्षणमा कक्षाकोठाको सिकाई व्यवस्थापन, उपयुक्त शिक्षण विधिको छनोटको बारेमा प्रशिक्षण दिनुभयो ।
त्यस्तै कक्षाकोठाको बसाई व्यवस्थापन, विद्यार्थीहरु प्रति प्राध्यापकको व्यवहार, सबैलाई सहज र समान अवसर, कक्षाकोठालाई प्रगोगशालाको रुपमा विकास, स्पष्ट निर्देशन र सहजीकरण, सकारात्मक अभिव्यक्ति र सामुहिक भावना, सामुहिक निर्णय कार्यान्वयनको बारेमा प्रशिक्षण दिनुभएको थियो ।
कलेजका प्रिन्सिपल रेशम गिरीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण कलेजका निर्देशक मधुसुदन बैद्यले गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्