Ad image

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा, रोल्पामा पत्रकारिता तालिम सुरु

मालश्री खबर
मालश्री खबर २० बैशाख २०८०, बुधबार
4 Min Read
Aa

भरत बिश्वकर्मा / मालश्री खबर बैशाख २०गते, रोल्पा ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर रोल्पाका क्रियाशिल पत्रकारहरुलाई क्षमता अभिबृद्धि तालिम दिन सुरु गरिएको छ । दिवसको अवसरमा रोल्पाको लिवाङमा ५ दिने क्षमता अभिबृद्धि तालिमको औपचारिक रुपमा बुधबार बाट सुरु भएको नेपाल पत्रकार महासंघ रोल्पाले जानकारी दिएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको आयोजनामा तथा रोल्पा नगरपालिकाको सहयोगमा उक्त तालिम सुरु भएको नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नबिनलोचन मगरले जानकारी दिनु भएको छ । तालिम नेपाल पत्रकार महासंघ रोल्पाको सभा हलमा संचालन भईरहेको बताइएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका अध्यक्ष नवीनलोचन मगरको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिको रुपमा रोल्पा नगरपालिका प्रमुख सुरेन्द्र थापा घर्तिमगर रहनु भएको थियो । कार्यक्रमको बिशिष्ट अतिथिमा प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे र रोल्पा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेन्द्र पराजुली रहनुभएको थियो ।


कार्यक्रमको प्रमुख अतिथिको रुपमा रहनुभएका रोल्पा नगरपालिका प्रमुख सुरेन्द्र थापा घर्तिमगरले पत्रकारिता पेशा तथस्ठ नभएको कुनै – कुनै समयमा बिभिन्न पक्षधरमा बिभाजित भएको बताउनु भएको थियो । पत्रकारको पहिला भिजन स्पष्ट हुने पर्ने अनि मात्र कुन पाटोमा समाचार लेख्ने भन्ने बिषय स्पष्ट हुनुपर्ने बताउनुभएको थियो । पत्रकार भएपछि सधै सकारात्मक कोणबाट जानुपर्ने कुरा बताउनुभएको थियो । नगरपालिका सधै सञ्चार क्षेत्र सँग सहकार्य गर्न तत्पर रहेको समेत बताउनु भएको छ । पत्रकारहरु सधै सत्यको पक्षमा रहेर खोजमुलक हुन आवश्यक रहेको बताउनुभएको थियो ।


कार्यक्रमको बिशिष्ट अतिथिको रुपमा रहनुभएका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले रोल्पा नगरपालिकामा मात्र नभई समग्र रोल्पा जिल्ला भित्र भएका सबै गतिबिधिहरुलाई बाहिर ल्याउन पत्रकारहरुलाई आग्रह गर्नुभएको थियो । अहिले सञ्चालित क्षमता अभिबृद्धि तालिमले स्थानिय स्तरको समाचारलाई राष्ट्रिय मिडियामा पु¥यान सहयोग गरोस भनि सुबेक्षा समेत प्रकट गर्नुभएको थियो । पत्रकारिता पेशा एउटा निश्चित बिन्दुमा मात्र केन्द्रित नभई सबै क्षेत्रमा फैलिएको हुनाले अब पत्रकारहरु समृद्ध रोल्पा सुशि रोल्पाली बनाउने अभियानमा लाग्नको सुझाब दिनु भएको थियो । पत्रकारको कलमले यहाँको उत्पादनलाई पबद्धन गर्नमा सहयोग पुग्ने तरिकाले आफ्नो कलम चलाउन आग्रह गर्दै पत्रकारितालाई सधै स्वतन्त्र र निष्पक्ष बनाउन अनुरोध समेत गर्नु भएको थियो ।


त्यस्तै कार्यक्रमका अर्का बिशिष्ट अतिथिको रोल्पा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत महेन्द्र पराजुलीले रोल्पा नगरपालिकाले मिडियासँग सहकार्य गरिरहेको र आगामी दिनमा पनि सहकार्य गर्न तत्पर रहेको बताउनुभएको थियो । अहिले पत्रकारको कलममा शतिm र आम नागरिकको बिश्ववास भएको कुरा बताउदै प्रमुख प्रशासकिय अधिकृत पराजुलीले त्यो शतिm र बिश्ववासलाई मर्न नदिनुहुन पत्रकारहरुलाई आग्रह गर्नु भएको छ । कार्यक्रममा बोल्दै उहाँले मिडियासँग सहकार्य गर्दा नगरपालिकाको सम्पुर्ण क्षेत्रमा सहयोग हुने भएकाले पत्रकारको क्षमता बृद्धि तालिमको लागी कार्यक्रम ल्याएको बताउनु भयो । सरकारले गरेका कतिपय राम्रो कामलाई जस्ताको तस्तैै बाहिर ल्याइदिन समेत पत्रकारहरुलाई सुझाब दिनु भएको छ । कुनै समय आफुले गरेका राम्रा काम बाहिर ल्याउनमा सहयोग नगरी नराम्रा कामलाई मात्र बाहिर ल्यान तर्फ लाग्दा आफुलाई नराम्रो लागेको कुरा बताउदै स्वतन्त्रता पुर्वक कलम चलाउनमा आग्रह समेत गर्नुभएको थियो ।

- Advertisement -
Ad image


कार्यक्रममा नेपाल पत्रकार महासंघ रोल्पाका पुर्व अध्यक्षहरु खेम बुढा, मौसम रोकामगर, निबर्तमान अध्यक्ष अध्यक्ष एंव बर्तमान सल्लाहकारहरु महेश न्यौपाने, मानसिंह विश्वकर्मा, रोल्पा नगरपालिका प्रसासकिय अधिकृत सुशिल थापा, लेखापाल बसन्त गिरी लगाएत जिल्ला स्थित विभिन्न मिडियामा आबद्ध पत्रकारहरुको सहभागीता रहेको थियो ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको उपाध्यक्ष खुबिना सुनारी मगरको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ रोल्पाका सचिव लोकेन्द्र चन्दले गर्नुभएको थियो ।

      

प्रतिक्रिया दिनुहोस्