Ad image

एक सय भन्दा धेरै घर बनाए, आर्थिक अवस्था उस्तै छ – श्रमिक बुढामगर

मालश्री खबर
मालश्री खबर १८ बैशाख २०८०, सोमबार
3 Min Read
Aa

गणेश केसी
परिवर्तन गाउँपालिका वडा नं. १ कुरेलीका आइतराम बुढामगर मजदुर गरि बसेको २२ बर्ष पुग्यो । २०५७ सालदेखि सदरमुकाम लिबाङमा मजदुर गरेर बस्न थाल्नु भएका बुढामगर १४ बर्षकै उमेरमा भारत पनि जानु भयो । करिब १८ वर्ष भारतमा मजदुर गरेका बुढामगर २०५५ सालमा साउदी पनि पुग्नु भयो । त्यहा पनि चित्त नबुझेपछि बुढामगरले २०५७ सालदेखि लिबाङमै निरन्तर मजदुरी गरि हात, मुख जोडिरहनु भएको छ ।

भारतमा रहदा बाटो खन्ने काम गर्ने बुढामगरले बिस्तारै काठको काम गर्न थाल्नु भयो । दिन प्रतिदिन उहाले मिस्त्रीको काम गर्न थाल्नु भयो । घर, भवन बनाउने सम्मको काम सिकेर नेपाल फर्किनु भएका बुढामर १० वर्षको शसस्त्र द्वन्दको सुरुवात भए पछि उहा साउदी पनि जानु भयो । साउदीमा फलफूल लगाउने, टिप्ने काम गर्नु हुन्थ्यो । २ बर्ष मात्र साउदीमा काम गरेर बुढामगर पुन नेपाल फर्किनु भयो । भारतमा सिकेको काम साउदीमा नपाउँदा र श्रमिकलाई अपहेलना गर्ने त्यहाको वातावरण देखेर उहा फेरि विदेश फर्किने मन गर्नु भएन ।

२०५७ सालमा रु ६० मा दैनिक ज्याला गरेको उहालाई ताजै जस्तो लाग्छ । रोल्पाको सदरमुकाम लिबाङमा थुपै्र खरका छानाको घरहरु भएको समयदेखि घर बनाउने पेशा सुरु गर्नु भएका बुढामगरले पक्कि घर बनाउने कामलाई निरन्तरता दिनु भयो । लिबाङमा अहिले सम्म उहाले एक सय भन्दा धेरै घर बनाएको रेडियो मालश्रीको कार्यक्रम मालश्री संवादमा सुनाउनु भयो । लिबाङमै यति धेरै घर बनाइ सक्नु भएको छ, घरबेटीले कस्तो ब्यवहार गर्छन भनि पत्रकार गणेश केसीले सोधेको प्रश्नमा भाबुक हुँदै बुढामगरले भन्नु भयो घरबेटीको त के कुरा गर्नु कोही अति नै राम्रा हुन्छन् । काम नसकिदै पैसा दिइहाल्छन । कोही घरबेटीले २०५७ सालमा घर बनाएको पैसा पनि दिएका छैनन् । म उनिहरुको नाम लिन चाहन्न, पैसा माग्न पनि छोडि सके आश छैन । केही घरबेटी तथा निमार्ण ब्यवसायीहरुले मदजुरलाई हेला गर्ने, अपमान गर्ने जस्ता अनुभव पनि आफुसंग भएको उहाले बताउनु भएको छ ।

काम गर्दै जाने समयमा तितो मिठो धेरै अनुभव भए पनि, काम गर्न भने नछोडेको उहाले बताउनु भएको छ । अहिल उहाको २५ जना भन्दा धेरै मदजुर छन । आफुले कामको जिम्मा लिएर मदजुरहरुलाई आफैले पैसा दिने गरेको बढामगरले बताउनु भयो । केही घरबेटी तथा निर्माण ब्यवसायहरुले काम गरेको पैसा नै दिदैनन् म आफै क्रिण लियर भए पनि मजदुरहरुको पैसा दिने गरेको छु, बुढामगरले भन्नु भयो ।

- Advertisement -
Ad image

मजदुरहरु एकजुट नहुँदा धेरै समस्या हुने गरेको उहाले बताउनु भएको छ । निमार्ण ब्यवसायीहरुले मदजुरहरुलाई काम लगाउने तर ज्यालानै नदिने समस्या बढ्दै गइरहेको उहाले बताउनु भएको छ । मजदुरहरुको समस्या कसैले नदेखेको भन्दै स्थानिय सरकार, विभिन्न राजनीतिकदलहरु पनि मजदुरको समस्याप्रति मौन रहेको उहाको गुनासो छ । मजदुरहरुको समस्या, पिडा र ठगिनबाट बच्नका लागि मजदुरहरु पनि संगठित हुनु पर्ने साथै स्थानिय सरकार, विभिन्न राजनीतिकदलहरु सबैले मजदुरहरुको समस्या समाधान गर्नका लगि ध्यान दिनु पर्नेमा उहाले जोड दिनु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array