Ad image

रोल्पामा गाडी दुर्घटना १ बिद्यार्थीको मृत्यु १० जना घाइते

मालश्री खबर
मालश्री खबर १७ बैशाख २०८०, आईतवार
3 Min Read
Aa

हिमाली खड्का

रोल्पाको गंगादेवमा गाडी दुर्घटना हुदा एक जना बिद्यार्थीको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । दुर्घटनामा परी गंगादेव गाउँपालिका वडा नं. २ ओलाम निबासी १५ वर्षिय तिलक वलीको मृत्यु भएको प्रहरीले जनाएको छ । आइतबार आज दाङ देखि रोल्पाको गंगादेव गाउँपालिका वडा नं. ६ राख ताप्ला गइरहेको लु १ ज ४७५५ नम्वरको जिव डवल क्याप गंगादेव गाउँपालिका वडा नं. २ सुखाओडर नजिकैको हेलङखोला भन्ने स्थानमा करिव साढे ४ वजे दुर्घटना भएको इलाका प्रहरी कार्यालय सुखाओडारले जानकारी दिएको छ । घाइते हुने हरुमा गंगादेव गाउँपालिका वडा नं. २ ओइलामका वर्ष १७ तेजकुमार डागी, ओलाइमै वर्ष १५ का तेज बहादुर वली, सोहि ठाउँकै वर्ष १५ का निम बहादुर वली रहेका छन् । मृतक सहित ४ जना गंगा मावि चौतारमा अध्यनरत विद्यार्थी रहेको र गाडीमा घर फर्किने क्रममा दुर्घटनामा परेका हुन् ।
त्यस्तै गंगादेव गाउँपालिका वडा नं ६ राखका वर्ष १८ का रमेश राना, सोहि ठाउँकै वर्ष ४२ का मानसिङ वली, वर्ष ६० कलबहादुर वली, वर्ष ५० कि महिमा वली, प्रेम बहादुर वली र कपुरकोट गाउँपालिका ६ रैजखोला सल्यानका गाडी चालक दिपक पुन  रहेको इलाका प्रहरी कार्यलय सुखाओडारका वरिष्ठ हवलदार यज्ञ बहादुर बस्नेतले जनाकारी दिनु भयो ।
घाइतहरुलाई सामान्य उपचार पछी थप उपचारको लागी राप्ती अञ्चल अस्पताल तुलसीपुर लगिएको छ । घाइते मध्य २ जनाको अवस्था गम्भिर रहेको छ । ब्रेक फेल भएर गाडी दुर्घटना भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । गाडी सडक बाट करिव ४ सय मिटर तल छाङमा खसेको छ ।bगाडीमा चालक सहित १० जना सवार रहेको रोल्पा प्रहरी प्रवत्ता प्रकाश  भूषालले जानकारी दिनु भएको छ ।

घाइतेहरुको सूची
१.जिल्ला सल्यान कपुरकोट गा.पा.–६ रैजखोला वस्ने वर्ष २१ को  दिपक पुन, मध्यम घाइते (चालक)
२.जिल्ला रोल्पा गंगादेव गा.पा.–२ ओईलाम वस्ने वर्ष १७ को तेजकुमार डाँगी वाँया खुट्टामा चोट, सामान्य ।
३.साही स्थान वस्ने वर्ष १५ को निमबहादुर वली, दुवै हातमा चोट,सामान्य ।
४. गंगादेव–६ हिले वस्ने वर्ष ४२ को मानसिंह वली दाहिने छाति र टाउकोमा चोट,मध्यम ।
५.सोही स्थानका वर्ष ६० को कलबहादुर वली टाउकोमा चोट, अवस्था सिरियस ।
६. वर्ष ५० कि महिमा वली को दाहिने खुट्टा र टाउकोमा चोट, अवस्था सिरियस ।
७.गंगादेव ६ खानि वस्ने वर्ष १८ को रमेश राना को दुवै हातमा चोट,सामान्य ।
८. सही स्थानका हिले वस्ने वर्ष ४७ को प्रेमबहादुर वली सामान्य ।
९. गंगादेव २ ओईलाम वस्ने वर्ष १५ को तेजबहादुर वली, सामान्य ।

 

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array