Ad image

रोल्पामा रोकिराखेको ट्याम्पुमा गाडी ठोक्किदा भयो दुर्घटना

मालश्री खबर
मालश्री खबर १७ बैशाख २०८०, आईतवार
1 Min Read
Aa

मालश्री खबर बैशाख १७ गते, रोल्पा ।
रोल्पा रोकिराखेको ट्याम्पुमा ठोकिएर दुर्घटना भएको छ । जिल्ला सदरमुकाम लिवाङबाट माडी गाउँमालिका ५ भावाङको लागि छुटेको गाडी रोल्पा नगरपालिका वडा न. २ रेउघा प्रहरी चेक पोष्ट अगाडी ट्याम्पुमा ठोकिएको बताइएको छ । जलजला हिमताल यातायात प्रालीको लु १ ज ४५३३ गाडी रोकि राखेको रा १ ह ३१२८ नम्बरको गाडी ट्याम्पुमा ठोकिएको हो ।


गाडीको टायर हेड फेल भएर रोकीराखेको अटोसँग ठोकिन पुग्दा गाडी दुर्घटना भएको प्रत्यक्ष दर्शिले जानकारी दिएको छन् । गाडीमा सवार यात्रुहरु सबै सुरक्षित रहेको जलजला हिमतात यातायात प्रालिले जानकारी दिएको छ । ट्याम्पुमा गाडी ठोकिएर ट्याम्पुको केहि भागमा क्षेती भएको छ । क्षेती भएको ट्याम्पुको मर्मत संभार गाडी धनिले गरिदिने सहमती भएको जलजला हिमाल यातायात प्रालीले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array