Ad image

नेपाल ज्योतिष परिषद, सुनिलस्मृति गाउँपालिकास्तरिय कार्यसमिति गठन

मालश्री खबर
मालश्री खबर १६ बैशाख २०८०, शनिबार
1 Min Read
Aa

भरत विश्वकर्मा

नेपाल ज्योतिष परिषद् रोल्पाको गाउँपालिका स्तरीय कार्यसमिति शनिबार सुनिलस्मृति गाउँपालिकाको सुलिचौरमा गठन गरिएको छ । परिषदको अध्यक्षमा पुनः चुडामणि सुवेदी चयन हुनु भएको छ ।

परिषदको उपाध्यक्षमा फागेश्वर शर्मा र चन्द्र प्रकाश रिजाल, सचिवमा तुल्सिप्रसाद रिजाल, सह–सचिव बशन्त सुवेदी चयन हुनु भएको छ । परिषदको अन्य सदस्यहरुमा धमेन्द्र पोख्रेल, गेहराज पोख्रेल, साविराम रिजाल, स्यामसुन्दर सुवेदी, भरत अधिकारी, शान्तराज अधिकारी चयन हनुभएको छ ।

स्थानीय बुद्धिजिबी शाालिकराम सुवेदी र रत्न सुबेदीले कार्यक्रममा आफ्नो भनाई राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण तुल्सी प्रसाद रिजालले गर्नु भएको आयोजकले जानकारी दिएको छ । नेपाल ज्योतिष परिषद सुनिलस्मृति गाउँपालिका अध्यक्ष चुडामणि सुवेदीको अध्यक्षतममा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथी नेपाल ज्योतिष परिषद लुम्बिनी प्रदेश उपाध्यक्ष तिर्थराज पोख्रेल रहनुभएको थियो । कार्यक्रमको विशिष्ट अतिथिको रुपमा नेपाल ज्योतिष परिषद प्यूठान जिल्ला कार्य समिति अध्यक्ष स्थानेश्वर न्यौपाने रहनुभएको थियो । अन्य अतिथिहरुमा नेपाल ज्योतिष परिषद् रोल्पा जिल्ला अध्यक्ष लिलाधर पंन्थी, नेपाल ज्योतिष परिषद रोल्पा जिल्ला कार्य समितिका बरिष्ठ उपाध्यक्ष बिनोद आचार्य, स्थानीय बुद्धिजिवि शाालिकराम सुवेदी, रत्न सुबेदीे लगाएतको सहभागीता रहको थियो ।

- Advertisement -
Ad image

नेपाल ज्योतिष परिषद सुनिलस्मृति गाउँपालिका सल्लाहकार ठगेन्द्र सुबेदीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन नेपाल ज्योतिष परिषद रोल्पा जिल्ला कार्यसमितिका सचिव तिलचन्द्र आचार्यले गर्नुभएको आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array