Ad image

परिवर्तन गाउँपालिका अध्यक्ष कप रनिङ शिल्ड खेलकुद प्रतियोगिताको आज दोस्रो दिन

मालश्री खबर
मालश्री खबर १६ बैशाख २०८०, शनिबार
3 Min Read
Aa

सुर्यप्रकाश बुढामगर
“स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका खेलकुद“भन्ने मुलनाराका साथ परिवर्तन गाउँपालिका अध्यक्ष कप रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८० दोस्रो दिन पनि जारी रहेको छ । आज भएको खेलकुद प्रतियोगिता पुरुष भलिबल, महिला भलिबल, ब्याटमिन्टन र कराँते प्रतियोगिता संचालन भएका छ ।

पुरुष भलिबलमा ६ टिम सहभागी भएका छन् भने महिला भलिबलमा ५ टिम मात्र सहभागी भएका छन् । ब्याटमिन्टनमा पुरुष ६ टिम सहभागी भएको छ भने महिला ३ टिम मात्र सहभागी भएका छन् । कराँतेमा पुरुष ३ टिमको सहभागी भएको परिवर्तन गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष विक्रम बाँठा मगरले जानकारी दिनु भएको छ । अध्यक्ष कप रनिङ शिल्ड खेलकुद प्रतियोगितामा ५६ स्वर्ण, रजत र कांस्यमा सहभागी टिमहरु मध्ये जुन वडाले धेरै गोल्ड मेडल प्राप्त गर्छ त्यहीँ वडा क्रमश प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने समेत आयोजकले बताएको छ ।

बैशाख १२ गतेदेखि सुरु भएको पुरुष तथा महिला फूटबल हिजो १५ गते सम्पन्न भएको छ । जसमा पुरुष ६ टिम सहभागी भएको थियो भने महिला ४ टिम मात्र सहभागी भएको थियो। अध्यक्ष कप रनिङ शिल्ड खेलकुद प्रतियोगितामा फुटबल ९ ए साइड, पुरुष तथा महिला, भलिबल पुरुष तथा महिला, कबड्डी पुरुष ८५ केजी भन्दा मुनि, महिला ७५ केजी भन्दा मुनि, एथलेटिक्स पुरुष र महिला तर्फ १ सय मिटर दौड, २ सय मिटर दौड, ४ सय मिटर दौड, ८ सय मिटर दौड, १५ सय मिटर दौड, ३ हजार मिटर दौड र ५ हजार मिटर दौड, लमजम्प, हाईजम्प, ज्याबलिङ थ्रो र सटफूट, ब्याटमिन्टन तर्फ मिन्स डबल, ओमन्स डबल, बक्सिङ तर्फ पुरुष ५१ केजी, ५४ केजी, ५७ केजी, बक्सिङ महिला तर्फ ५० केजी, ५४ केजी ४७ केजी, कराँते तर्फ पुरुष अण्डर ४२ केजी, अणडर ४५ केजी, अण्डर ५२ केजी र एकल काँटा, महिला तर्फ अण्डर ४० केजी, अण्डर ४५ केजी, अण्डर ५० केजी र एकल काँटा, आईटीएफ तेक्वान्दो तर्फ पुरुष ४१ देखि ४५ केजी तौल समूह, ४६ देखि ५० केजी तौल समूह, ५१ देखि ५५ केजी तौल समूह, निलो पेटी प्याट्रन, रातो पेटी प्याट्रन र ब्ल्याक बेल्ट प्रथम डन प्याट्रन, महिला तर्फ ३६ देखि ४० केजी तौल समूह, ४१ देखि ४५ केजी तौल समूह, ४६ देखि ५० केजी तौल समूह, निलो पेटी प्याट्रन, रातो पेटी प्याट्रन र ब्ल्याक बेल्ट प्रथम डन प्याट्रन लगायत रहेको परिवर्तन गाउँपालिका खेलकुद विकास समितिका सदस्य सचिव ललित कुमार बुढा मगरले जानकारी दिनु भएको छ। उक्त कार्यक्रम २० गतेसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array