Ad image

परिवर्तन गाउँपालिका अध्यक्ष कप रनिङ शिल्ड प्रतियोगिता १५ गते देखि

मालश्री खबर
मालश्री खबर १३ बैशाख २०८०, बुधबार
3 Min Read
Aa

सुर्य प्रकाश बुढामगर/मालश्री खबर बैशाख १३ गते, रोल्पा ।
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका खेलकुद भन्ने मुलनाराका साथ परिवर्तन गाउँपालिका अध्यक्ष कप रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८० हुने भएको छ । परिवर्तन गाउँपालिकाको समन्वय तथा परिवर्तन गाउँपालिका खेलकुद विकास समिति, रोल्पाको आयोजनामा मिति २०८० साल बैशाख १५ गतेदेखि २० गतेसम्म सञ्चालन हुन लागेको हो ।

परिवर्तन गाउँपालिका अध्यक्ष कप रनिङ शिल्ड खेलकुद प्रतियोगितामा परिवर्तन गाउँपालिका भित्रका ६ वटै वडाबाट छनोट भएका खेलाडीहरु, जनप्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, खेलप्रेमी, बुद्धिजीवी, व्यापारी, शिक्षक, विद्यार्थी, सुरक्षाकर्मी, पत्रकार, आमा समूह, युवा समूह, युवा क्लब, पैसरु समूह,बाजा समूह,विभिन्न झाँकी समूह लगायतलाई सभ्य तथा भव्य रूपमा सफल बनाइ दिनको लागि सहभागी भइदिन उद्घघाटनको दिन बैशाख १५ गते सबैलाई परिवर्तन गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष विक्रम बाँठा मगरले आग्रह समेत गर्नु भएको छ ।

खेलकुद प्रतियोगिता सहिद स्मृति रंगशाला धामाचौर,रोल्पामा हुने समेत आयोजकले जानकारी दिएको छ । साथै समावेश गरिएका खेलहरु÷फुटबल नाइन ए साइड पुरुष तथा महिला भलिबल पुरुष तथा महिला कबडी पुरुष व्लु डन फाइव महिला व्लु डन, एथलेटिक्स पुरुष र महिला तर्फ १ सय मिटर दौड, २ सय मिटर दौड,४ सय मिटर दौड, ८ सय मिटर दौड, १५ सय मिटर दौड, ३ हजार मिटर दौड र ५ हजार मिटर दौड, लमजम्प, हाईजम्प, ज्याबलिङ थ्रो र सटफूट, ब्याटमिन्टन तर्फ मिन्स डबल, ओमन्स डबल बक्सिङ तर्फ पुरुष ५१ केजी, ५४ केजी, ५७ केजी बक्सिङ महिला तर्फ ५० केजी, ५४ केजी ४७ केजी कराँते तर्फ पुरुष अण्डर ४२ केजी, अणडर ४५ केजी, अण्डर ५२ केजी र एकल काँटा महिला तर्फ अण्डर ४० केजी, अण्डर ४५ केजी, अण्डर ५० केजी र एकल काँटा आईटीएफ तेक्वान्दो तर्फ पुरुष ४१ टु ४५ केजी तौल समूह ४६ टु ५० केजी तौल समूह, ५१ टु ५५ केजी तौल समूह, निलो पेटी प्याट्रन, रातो पेटी प्याट्रन र ब्ल्याक बेल्ट प्रथम डान प्याट्रन, महिला तर्फ ३६ टु ४० केजी तौल समूह,४१ टु ४५ केजी तौल समूह,४६ टु ५० केजी तौल समूह,निलो पेटी प्याट्रन,रातो पेटी प्याट्रन र ब्ल्याक बेल्ट प्रथम डान प्याट्रन लगायत रहेकोे परिवर्तन खेलकुद विकास समितिका सदस्य सचीव ललित कुमार बुढा मगरले जानकारी दिनु भएको छ । फूटबल प्रतियोगिता हिजो देखि सुरु समेत भइसकेको छ । फूटबल प्रतियोगितामा महिला र पुरुष गरी जम्मा १० टिमको सहभागी रहेको समेत बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array