Ad image

लाली गुराँस युवा क्लबको २५ औं वार्षिक उत्सवको अवसरमा आयोजना गरिएको विविध खेलकुद प्रतियोगिता सुरु

मालश्री खबर
मालश्री खबर ७ बैशाख २०८०, बिहीबार
4 Min Read
Aa

सुर्य प्रकाश बुढामगर
मालश्री खबर बैशाख ७ गते, रोल्पा ।

रोल्पाको परिवर्तन गाउँपालिका–३ इरिबाङ्मा रहेको लाली गुराँस युवा क्लबको २५ औं वार्षिक उत्सवको अबसरमा आयोजना गरिएको विविध खेलकुद प्रतियोगिता बिहीबार देखि बागमारा सुरु भएको छ ।

“सभ्य समाजका लागि संस्कृति, विकास र परिवर्तनका लागि युवाहरु“ भन्ने मुलनाराका साथ बैशाख ५ गतेको दिन उद्घाटन समारोह सम्पन्न भएको थियो भने लाली गुराँस युवा क्लबको २५ औं वार्षिक उत्सवको अवसरमा बृहत सांस्कृतिक कार्यक्रम बुधबार परिवर्तन पार्क बागमारामा सम्पन्न भएको हो ।

- Advertisement -
Ad image

विविध खेलकुद प्रतियोगिता बिहीबार देखि १० गते सम्मका लागि आज देखि सुरु भएको लाली गुराँस युवा क्लबका अध्यक्ष बिनोद चन्दले जानकारी दिनु भएको छ । विविध खेलकुद प्रतियोगिता तर्फ खुल्ला पुरुष भलिबल, खुल्ला महिला भलिबल, खुल्ला टु ए साइड बीच भलिबल, पुरुष रस्साकसी, महिला रस्साकसी, स्लो बाइक रेस, बुद्धिचाल, एकल नृत्य र भाले रेस लगायतको आयोजना गरिएको लाली गुराँस युवा क्लबले बताएको छ ।

खुल्ला पुरुष भलिबल तर्फ प्रथम पुरस्कार नगद १ लाख, द्वितीय पुरस्कार नगद ५० हजार तृतीय पुरस्कार नगद २५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र राखिएको छ, त्यस्तै सान्त्वना पुरस्कार १५ हजार र प्रमाणपत्र राखिएको छ ।
खुल्ला महिला भलिबल तर्फ प्रथम पुरस्कार नगद ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र राखिएको छ । द्वितीय पुरस्कार नगद २५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र राखिएको छ । तृतीय पुरस्कार नगद १५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र राखिएको छ, त्यस्तै सान्त्वना पुरस्कार नगद १० हजार र प्रमाणपत्र राखिएको छ ।

खुल्ला टु ए साइड बीच भलिबल तर्फ बिजेता पुरस्कार नगद १० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र राखिएको छ । उपबिजेता पुरस्कार नगद ५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र राखिएको छ ।
पुरुष रस्साकसी तर्फ प्रथम पुरस्कार नगद १० हजार सहित मेडल र प्रमाणपत्र राखिएको छ।द्वितीय पुरस्कार नगद ६ हजार सहित मेडल र प्रमाणपत्र राखिएको छ । तृतीय पुरस्कार नगद ४ हजार सहित मेडल र प्रमाणपत्र राखिएको छ भने सान्त्वना पुरस्कार नगद २ हजार र प्रमाणपत्र राखिएको छ ।

महिला रस्साकसी तर्फ प्रथम पुरस्कार नगद १० हजार सहित मेडल र प्रमाणपत्र राखिएको छ । द्वितीय पुरस्कार नगद ६ हजार सहित मेडल र प्रमाणपत्र राखिएको छ।तृतीय पुरस्कार नगद ४ हजार सहित मेडल र प्रमाणपत्र राखिएको छ भने सान्त्वना पुरस्कार नगद २ हजार र प्रमाणपत्र राखिएको छ ।
स्लो बाइक रेस तर्फ प्रथम पुरस्कार नगद ६ हजार सहित मेडल र प्रमाणपत्र राखिएको छ । द्वितीय पुरस्कार नगद ४ हजार सहित मेडल र प्रमाणपत्र राखिएको छ । तृतीय पुरस्कार नगद २ हजार सहित मेडल र प्रमाणपत्र राखिएको छ ।

बुद्धिचाल तर्फ प्रथम पुरस्कार नगद ४ हजार सहित मेडल र प्रमाणपत्र राखिएको छ।द्वितीय पुरस्कार नगद ३ हजार सहित मेडल र प्रमाणपत्र राखिएको छ।तृतीय पुरस्कार नगद २ हजार सहित मेडल र प्रमाणपत्र राखिएको छ भने सान्त्वना पुरस्कार नगद १ हजार र प्रमाणपत्र राखिएको छ ।
एकल नृत्य तर्फ प्रथम पुरस्कार नगद ५ हजार सहित मेडल र प्रमाणपत्र राखिएको छ।द्वितीय पुरस्कार नगद ३ हजार सहित मेडल र प्रमाणपत्र राखिएको छ।तृतीय पुरस्कार नगद २ हजार सहित मेडल र प्रमाणपत्र राखिएको छ भने सान्त्वना पुरस्कार नगद १ हजार र प्रमाणपत्र राखिएको छ ।

भाले रेस तर्फ बिजेता पुरस्कार नगद २ हजार बराबरको भाले सहित मेडल र प्रमाणपत्र राखिएको छ । प्रतियोगीतामा भाग लिएर स्थान आउने टिमहरुले नगद ट्रफी, मेडलसँगै प्रमाणपत्र समेत हात पार्नेछन ।
आज देखि सुरु भएको खुल्ला पुरुष भलिबल प्रतियोगितामा जम्मा १० टिमले सहभागिता जनाएको लाली गुराँस युवा क्लबका सह–सचीव दिपेन्द्र चन्दले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array